झापा । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर चर्चाबारीबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरील पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ बर्षीय किरण श्रेष्ठ रहेका छन् । आइतबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागुऔषध ब्राउन सुगरसहित प्रक्राउ गरेको थियो । प्रक्राउ परेका श्रेष्ठको साथबाट १ ग्राम ६०० मिलि ग्राम ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
