सिसौको रुखले किचेर स्कुटी चालकको मृत्यु,

सुनसरीे । सुनसरीको बराहक्षेत्र नगरपालिका ९ कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किचेर स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ का २८ बर्षीय धिरज तामाङ रहेका छन् । आइतबार दिनको करिब साढे ३ बजे कोशी टप्पु बन्य जन्तु आरक्षणमा घुम्न गएका तामाङलाई सिसौको रुख ढलेर किचेको थियो ।
प्र. १. ०२– ०४४ प ६६८१ न. को स्कुटी चलाएका तामाङलाई सुकेको सिसौको रुख अचानक ढलेपछि घटनास्थालमानै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटीमा पछाडिको सिटमो धरानकै २८ बर्षीय संगेन्द्र बिष्ट भने घाईते भएका थिए घाईतेको बिराट नर्सिङ होम बिराटनगरमा उपचार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया