गाँजा सहित २ जना पक्राउ

मोरङ । धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


शनिबार दिउँसो ३ बजे अस्थायी प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको गाजासहित दुई जनालाई प्रक्राउ गरेको हो ।
प्रहरील शंका लागि प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्दा बोलेको छतमा लुकाएर ल्याउदै गरेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । गाजा ओसारपसारमा संलग्न शहिदभूमी गाउँपालिकापा–५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिएर कार्वाही अगाडि बढाएको छ । यसैगरी शनिवार नै सुनसरीको ईनरुवा नगरपालिका–४ बाट ठुलो परिमाणको गाँजा सहित प्रहरीले एक जना पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को. १ ख २९२६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा फेला पारेको थियो । गाँजा ओसारपसारमा संलग्न सहिदभूमि गाउँपालिका–२ धनकुटाका २० बर्षीय तेज राईलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया