पेचिलो बन्दै प्रदेश एकको नामाकरण

धरान । प्रदेश एकको नामाकरण थप पेचिलो बन्दै गएको छ । मुलुकका अन्य ६ वटा प्रदेशले नामांकन  गरिसक्दा पनि प्रदेश एकले हालसम्म प्रदेशको नाम समेत जुराउन सकेको छैन ।
प्रदेश एकमा तीन जना मुख्यमन्त्री परिवर्तन भइसकेका छन् तर कुनैपनि मुख्यमन्त्रीको प्राथमिकतामा प्रदेशको नामांकन परेन । नेपाली काँग्रेस, एमालेले वहुपहिचान झल्कने नाममाथि जोड दिँदै आएका छन् भने अन्य साना दलहरुल्े पहिचानलाई बटमलाइन बनाएका छन् ।


नामांकनकै विषयमा दलहरुबीचमा पटक पटक छलफल भयो तर सहमति जुटन सकेन प्रदेशसभाका एक सांसदले भने । किराँत, लिम्बुवान वा लिम्बुवान किरात प्रदेशको नाम हुनुपर्ने भन्दै संघीय लिम्बुवान मञ्च, खम्बुवान राष्ट्रिय मोर्चाले प्रदेश संसदमा आफ्नो उपस्थिति नभएपनि सडकबाट दबाब दिने, मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने विगतदेखि नै गर्दै आएका छन् । पहिचान झल्किने नाम नभए आफूहरु आन्दोलनमा जाने चेतावनी पनि उनीहरुले दिएका छन् । आगामी मंसिरमा प्रदेश र संघको निर्वाचनको तयारी शुरु भएको छ । सम्भवत हाल चालू प्रदेशसभाको अधिवेशन नै अन्तिम अधिवेशन हुनसक्छ । चालु अधिवेशनबाट पनि प्रदेशले नाम नपाएमा मंसिर पछि बस्ने प्रदेश अधिवेशनले मात्र प्रदेशको नाम जुराउन सक्छ । यसैबीच प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारले साउन ६ गते नामांकनकै विषयलाई लिएर सर्वदलीय वैठक बोलाउनु भएको अर्का प्रदेश सांसदले बताए ।

तपाईको प्रतिक्रिया