जनकपुर । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउनु भएको छ ।

्सोमबार जनकपुरमा आयोजित नेपाली काँग्रेसका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै कोइरालाले त्यस्तो बताउनुभएको हो । कोइरालाले प्रारम्भदेखि नै गठबन्धनको विरोधमा रहँदै आउनु भएको छ । गठबन्धनले तत्कालका लागि नेपाली काँग्रेसलाई फाइदा भएपनि दीर्घकालीन रुपमा त्यसले काँग्रेसलाई घाटा हुने, काँग्रेसका लागि गठबन्धन प्रत्युत्पादक हुने बताउँदै आउनु भएको छ ।
कार्यकर्ता बीचमा उहाँले भन्नुभयो नेपाली काँग्रेसका आम कार्यकर्ता आज गठबन्धनका विरुद्ध रहेका छन् । केन्द्रीय नेतृत्वको निर्देशन, दबाबले बाध्य भएर गठबन्धनमा सहभागी भएका छन् । सम्बोधनकै क्रममा उहाँले प्रश्न गर्नुभयो एकबर्षको अवधिमा वर्तमान सरकारले जनहितका लागि के काम ग¥यो ? हिजो केपी ओलीले संवैधानिक परिषद् सम्बन्धी जुन अध्यादेश ल्यायो काँग्रेस नेतृत्वको सकारले आज त्यही काम गर्दैछ । केपी ओलीले अध्यादेश ल्याउँदा वक्तव्य निकालेर आपत्ति जनाउने, विरोध गर्ने सभापति शेरबहादुर देउवा आज केपी ओली पथमै हिड्दै हुनुहुन्छ । ओली सरकार र वर्तमान सरकारको कार्यशैलीमा कुनै तात्विक भिन्नता नरहेको कोइरालाको कथन थियो ।
