राजधानी/भारत सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ३५ वटा गाडी उपहार दिएको छ ।
नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतमा सहयोग पुर्याउदै आएको भारत सरकारले वैसाख ३ गते अख्तियारको मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदुत
रन्जित रायले उपहार स्वरुप प्रदान गरिएका ३५ वटै सवारी साधनको चाबी अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई हस्तान्तरण गर्नुभयो ।
भ्रष्टाचार विरुद्धको अभियानमा विगत डेढ बर्षयता अत्यन्तै सक्रिय मात्र हैन विशिष्ट श्रेणीमा रहेका भ्रष्टहरुलाई समेत कारबाहीको दायरामा ल्याइसकेको अख्तियारलाई आवश्यक साधन स्रोतको कमी रहेको थियो । गाडी हस्तान्तरणपश्चात भारतीय
राजदुतावासद्वारा जारी विज्ञप्तीका अनुसार अख्तियारलाई उपहार स्वरुप प्रदान
गरिएका त्यस्ता गाडीहरुमा पााचवटा सेडेन कार, १५ वटा डबल डोर पिकअप क्याव र १५ वटा फोर ह्विल ड्राइभ एसयुभी जिप छन् । विज्ञप्तीमा अगाडि भनिएको छ, भारत सरकारले प्रदान गरेको सहयोगले आयोगको भौतिक क्षमता अभिवृद्धि
गरी भ्रष्टाचार निवारणमा टेवा पुग्ने छ । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंक कार्कीले आयोगलाई प्राप्त सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभएको थियो । उहााले थप्नुभयो भारत सरकारले आयोगका कर्मचारीहरुलाई उपलब्ध गराइरहेको तालिमले अझ भ्रष्टाचार र छानबिनमा ठूलो उपलब्धी हाासिल हुादै गएको छ । यसका लागि भारत सरकारलाई धन्यवाद नदिइ रहन सकिदैन ।
