असीको दशकका चर्चित भारतीय गायक भुपिन्दर सिंहको निधन भएको छ । सन् १९८० सम्म बनेका कैयौ बलिउडका चलचित्रहरुमा सिंहले आफ्नो आवाज दिएका थिए ।

आज पनि उनले गाएका गीतहरु गुन्गुनाउने पुस्ताहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । केही समयदेखि अस्वस्थ रहेका सिंह घरैमा आराम गरिरहेका थिए । आइतबार अचानक स्वास्थ्यमा थप समस्या देखिएपछि मुम्बईको एक अस्पतालमा उपचारार्थ पु¥याइएको र उपचारकै क्रममा सोमबार सिंहको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वगीर्य सिंहले आहिस्ता आहिस्ता, दुनियाँ, सत्ते पे सत्ता, नाम गुम जाएका, दिल ढुढवा है, मौसम, विति न विताइरैना लगायतका दर्जनौ गीतहरुमा आफ्नो स्वर पस्किएका थिए । भारतीय सञ्चार माध्यमहरुका अनुसार सन १९४० मा गायक सिह पञ्जावको अमृत सहरमा जन्मिएका थिए । पछि आफ्ना पिताजीसँगै उनी अवसरको खोजीमा मुम्बई आएका थिए । सानै उमेरदेखि बाध्यबाधन र गायनमा रुची भएका सिंहले आफ्नै पिताजीबाट गायन र बाध्यवादन सिकेका थिए । केही बर्ष उनी दिल्लीस्थित अलइन्डिया रेडियोमा संलग्न समेत थिए । अल इन्डिया रेडियोमा उनले गायन र गितारवादकको रुपमा पनि काम गरे । स्वर्गीय सिंहको निधनप्रति भारतको महाराष्ट्र सरकारले दुःख व्यक्त गरेको छ ।
