सातौ बास्केटवल ट्यालेन्ट हन्ट सम्पन्न

बिकास चाम्लिङ राई
धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा यहि असार ५ गते देखि सुरु भएको सातौ ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ्ग क्याम्प २४ औ दिनमा समापन भएको छ । ट्रेनिङ्ग क्याम्पका प्रशिक्षक तथा सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरि ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भएको थियो । उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी र धरान उपमहानगरपालिका कार्यपालिका सदस्य अनुप देवानले प्रमाणपत्र वितरण गरेका थिए ।


बास्केटवल खेल विकास तथा प्रतिभावान खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले विगत एक दशक भन्दा वढीदेखि बास्केटवल संघले बास्केटवल ट्यालेन्ट हन्टको आयोजना गर्दै आइरहेको छ । एसइइ दिएर वसेका विद्यार्थी खेलाडीहरुलाई लक्षित ट्रेनिङ्ग क्याम्पमा एसइइ दिएर वसेका विद्यार्थीसँगै दश कक्षा मुनिका विद्यार्थी, प्लस टुका विद्यार्थी र व्याचलर लेवलका गरि ५० जना भन्दा वढी विद्यार्थीहरुले सहभागिता जनाएको थिए । एसइइ दिएका विद्यार्थी मध्येबाट प्रतिभावान खेलाडीहरुलाई धरानको विभिन्न कलेजमा कक्षा ११ मा छात्रवृतिका लागि बास्केटवल संघले सिफारिस गर्ने गरेको छ । यो पटक करिव डेढ दर्जन विद्यार्थी खेलाडीहरुलाई धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, डिपो स्कुल, सियोन स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृतिको लागि सिफारिस गरिएको समापन कार्यक्रमका सभाध्यक्ष नारायण सुवेदीले वताए । संघको सिफारिसमा विगत लामो समयदेखि विद्यार्थी खेलाडीहरुलाई प्रोत्साहन गर्दै धरानका विभिन्न कलेजमा सय भन्दा वढी विद्यार्थीहरुलाई छात्रवृतिmमा सिफारिस गरि अध्यपन गराइरहेको आयोजक धरान बास्केटवल संघले समापन कार्यक्रममा जानकारी गराए । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न भएको क्याम्पमा सहभागीहरुलाई प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, उनको सहयोगीको रुपमा हेमत्त राई, डा. आशा राई, रोशन राई, युगल लिम्वु, र दिवस राईले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा सुनसरी फुटवल संघका अध्यक्ष नविन राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु, एम्स एकेडेमीका प्राचार्य मित्र तामाङ, सगरमाथा एसडी कलेजका प्राचार्य सन्तोष राई लगायतको उपस्थिति रहेको थियो । उनिहरुले आयोजकलाई सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा वधाई तथा सहभागी विद्यार्थी खेलाडीहरुलाई एसइइ परिक्षामा राम्रो नतिजाका लागि सुभकामना व्यतm गरेका छन । साथै आप्mनो विद्यालयको तर्फ वाट ट्यालेन्ट हन्टका विद्यार्थीहरुलाई प्रोत्सासहनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया