मोरङ । मोरङको रतुवामाई नगरपालिका १ हटियाडाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार घाइते भएका छन् । मृत्यु हुनेमा चालक सुनवर्सी नगरपालिका ९ का २४ बर्षीय राज कुमार रहेका छन् भने मोटरसाईकल पछाडी सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० बर्षीय किसन कुमार कामत सामान्य घाईते भएका छन् । आइतबार बेलुका साढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे.४ प. ४५५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका शर्माको रंगेली अस्पताल रंगेलीमा आइतबार बेलुका सँवा ६ बजे मृत्यु भएको हो ।
