गोधुली साहित्य सिर्जना सम्मानबाट आधा दर्जन श्रष्टाहरु सम्मानित

हेमराज क्षेत्री
राजधानी । गोधुली साहित्य प्रतिष्ठानले आफ्नो चौथो बार्षिक साधारणसभाका अवसरमा आधा दर्जन भन्दा बढी साहित्यिक स्रष्टाहरुलाई सम्मान एवम् पुरस्कृत गरेको छ । गोधुली साहित्य सिर्जना सम्मानबाट बरिष्ठ कवि डा.दुवसु क्षेत्रीलाई २०७८ सिर्जना विशेष अभिनन्दन गरिएको थियो । निर्मला बराललाई गोधुली भानुभक्त पोख्रेल वाल सहित्य सम्मान २०७८ बाट सम्मानित गरिएको थियो ।
यसैगरी गोधुली कला सम्मानबाट कलाकार घनश्याम गौतम, गोधुली भद्रकुमारी घले आदर्श आमा पुरस्कारबाट समाजसेवी पशुपति गुरुङ, गोधुली बर्ष कृति पुरस्कारबाट बसन्त ओली, गोधुली समाजसेवा सम्मानबाट उर्मिला विश्वकर्मा र विना बस्नेत सम्मानित हुनु भएको थियो । त्यस्तै गोधुली कुमारमान मास्के स्मृति सम्मान गणेश लकान्द्री र भाइराम खड्गी, गोधुली युवा सिर्जनशील सम्मानबाट भुपेन्द्र विश्वकर्मा र रोशन विसुंखे, गोधुली सेवा सम्मानबाट पवनलाल श्रेष्ठ, गोधुली चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कारबाट बाल कलाकार प्रसन्न श्रेष्ठलाई प्रदान गरिएको थियो । सम्मानित एवम् पुरस्कृत प्रतिभाहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले सम्मान गर्नुभएको थियो ।


सो अवसरमा बोल्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले भन्नुभयो गोधुली साहित्यिक प्रतिष्ठानले आफ्नो चौथो बार्षिकोत्सवको अवसरमा स्रष्टाहरुलाई सम्मान र पुरस्कृत
गरेर सह्रानीय कार्य गरेको छ । सम्मानित र पुरस्कृत व्यक्तित्वहरुबाट नेपाली भाषा, साहित्य, कलाको क्षेत्रमा पु¥याएको योगदानको प्रतिष्ठानले उचित मूल्यांकन गरेको भन्दै उहाँले प्रतिष्ठानको प्रशंसा गर्नुभएको थियो । उहाँले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुबाट आगामी दिनमा भाषा , साहित्य र कलाक्षेत्रले थप उचाई प्राप्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया