धरानमा ४० फिटको बुद्धको प्रतिमा प्रदेश प्रमुखद्वारा अनावरण

धरान(४ छोटी मोरङमा ४० फिटको बुद्धको प्रतिमा अनावरण गरिएको छ । आइतबार प्रतिमाको अनवरण प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले गर्नुभएको हो ।
सो अवसरमा बोल्दै प्रमुख खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताउनुभयो । उहाले भन्नुभयो ‘बुद्धको उपदेश संसारभरि प्रख्यात छ, शान्तिका अग्रदूत बुद्धको उपदेशलाई आत्मसात गरेर जान सके सबैको लागि हितकारी हुन्छ ।’


उहाले यहाा निर्माण भएको बुद्धको प्रतिमाले धरानको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउनुभयो । उहाले भन्नुभयो ‘धरान त्यसै पनि पर्यटकीय क्षेत्र हो, विजयपुरमा मठमन्दिरले प्रदेश एककै धार्मिक पर्यटक प्रवद्र्धनमा सहयोग पुगेको छ भने धरान ४ छोटी मोरङमा निर्माण भएको बुद्धको प्रतिमाले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्छ ।’ँ १७५ फिट अग्लो विग थाउसेन्ड बुद्धको प्रतिमा बन्नुले धरानको पर्यटनमा कोशेढुंगा सावित हुने् बताए । कार्यक्रममा सूर्योदय बुद्ध विहारका प्रमुख भिक्षु मेधङकर स्थविरले धरान ४ को छोटी मोरङमा विग थाउसेन्ड बुद्ध निर्माण हुँदा जलाधार क्षेत्र भनिए पनि यहाँको पानी जलाधार क्षेत्र तर्फ नबग्ने र पूर्व मोहडा भई बग्ने भएकोले यसले जलाधार क्षेत्रलाई असर नगर्ने बताउनुभयो । उहाले भन्नुभयो ‘यो जलाधार क्षेत्र भएपनि यसले जलाधार क्षेत्रलाई कुनै असर गर्दैन ।’

तपाईको प्रतिक्रिया