धरान । नवनिर्वाचित जनप्रतिनिधिहरु नगरका योजनामा केन्द्रित हुन्छन् । सपथग्रहण र पदभार ग्रहणपछि उनीहरु नगरका समस्या बुझ्ने र समस्या समाधान गर्ने कुरा छलफल राख्छन् र तल्लो स्तरमा पुगेर बुझ्ने काम गर्ने गर्दैनन् ।
तर धरानबाट स्वतन्त्र उमेद्वारमा मेयरमा जितेका हर्क साम्पाङले भने विगतका जनप्रतिनिधिभन्दा फरक ढंगले काम गर्न थाल्नुभएको छ । धरानको खानेपानी समस्या, धरानलाई सफा सहर बनाउने, भ्रष्टाचारशून्य अभियानका अभियन्ता समेत रहेका राईले सडकमै उत्रिएर सरसफाईमा सरिक हुनुभएको छ ।
विहीबार धरानका मेयर हर्कराज साम्पाङ आफै हातमा पञ्जा लगाएर झाडु आफै बोकेर धरानको बसपार्कमा निस्किनुभयो । विगतमा धरानलाई सफा नगर बनाउने एजेन्डा बोकेर निर्वाचित भएका प्रमुखहरुले एजेन्डामा मात्र सीमित राख्थे, कहा कस्तो अवस्था छ भनेर फिल्डमै गएर बुझ्ने काम गर्दैनथिए । तर भर्खरै निर्वाचित साम्पाङले भने हातमा पञ्जा लगाएर झाडु बोकेर धरानको बसपार्कमा सरसफाई गर्नुभयोे । उहाँ लगायत विगतमा उहाको अभियानमा साथ दिने सर्वसाधारण तथा नगर प्रहरीले समेत सरसफाइमा साथ दिएका थिए ।

जे काम गर्दा पनि आफैबाट शुरु गर्नुपर्छ भन्ने मान्यता राखेका साम्पाङले सरसफाइमात्र गर्नुभएन, जथाभावि फोहार नफाल्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । उहाँले अब जथाभावि फोहोर फाल्नेलाई जरिवाना गर्ने समेत बताउनुभयो ।
खानेपानीको समस्याका विषयमा निर्वाचित हुने वित्तिकै गम्भीर भएर लाग्नु भएको छ । विगतमा उपमहानगरपालिकामा हुने भ्रष्टाचार, वेथिति तथा खानेपानीको एजेन्डा बोकेर अभियान नै चलाउनु भएका मेयर साम्पाङले धरानमा खानेपानीको अभाव हुनुको प्रमुख कारणबारे बुझ्न धरान ८ मा रहेको पम्पमा पुगेर प्राविधिकसँग बुझ्न् काम गर्नुभयो । यस्तै सर्दु जलाधार क्षेत्रमा पानीको पाइम जीर्ण रहेको भेटिएपछि त्यहा नया पाइप फेर्नुभयो । कुर्सीमा बस्न मात्र नआई धरानको समस्या समधान गर्ने अभिव्यक्ति दिँदै आउनु भएका साम्पाङले पटक पटक पम्पिङ साइडमा गएर वास्तविक बुझ्ने काम गरेको बताउनुभयो ।नवनिर्वाचित मेयर साम्पाङको सक्रियता देखेर धरानेहरु समेत उत्साहित भएका छन् । नगरपालिकाका कर्मचारीले सरसफाई गरेकै भरमा विगतका जनप्रतिनिधिहरु विश्वस्त हुन्थे भने मेयर आफै उहाको उठाएको एजेन्डामा फिल्डमै गएर काम गरेको प्रति धरानेहरुले प्रशंसा गरेका छन् ।विगत ३० बर्षभन्दा लामो समयदेखि धरान भानुचौकमा होटल व्यवसाय गर्दै आउनु भएका तीर्थ श्रेष्ठले जनप्रतिनिधिहरु नै आएर सरसफाइ गरेको भने पहिलो पटक देखेको बताउनुभयो । उहाले विगत ५÷७ बर्षदेखि छेउमै रहेको ढलमा सरसफाई नगर्दा दुर्घन्धले आजीत भएको बताउदै अब भने सरसफाइ हुने र दुर्घन्ध सहनुनपर्ने अवस्था हुने विश्वास व्यक्त गर्नुभयो ।यस्तै भनाई कोपिला भट्टराईको समेत छ । ५ बर्षदेखि फलफूलको पसल खोल्दै आउनु भएकी उहाँले सर्वसाधारणमा चेत नभएकै कारण फोहोर डुगुर भानुचौकमा थुप्रिने बताउनुभयो । उहाले नगरप्रमुख साम्पाङले जथाभावि फोहोर पाल्नेलाई जरिवाना गर्ने उद्घोष गरेसँगै भविष्यमा धरान स्वच्छ, सफा हुने विश्वास पलाएर आएको बताउनुभयो ।
विगतका जनप्रनिधिहरु कर्यभार सम्हालेपछि सभा, सम्मेलन, उद्घाटनमा समय विताउने गरेका थिए । तर साम्पाङले कार्यशैलीलाई नै नयाँ रुपमा प्रस्तुत गर्दै जानुभएको छ । उहाँको शैलीले कतिको निरन्तता पाउछ भन्ने कुरा भविष्यले नै बताउछ, तर हाल उहाँले गरेको कामको भने धरानेहरुले सर्वत्र प्रशंसा गर्दै सह्रानीय कामको रुपमा लिएका छन् ।
