हत्याको आरोपमा २ जना पक्राउ

धरान । सुनसरीको धरान उप–महानगरपालिका–५ सेउती खोला बगरमा मृत फेला परेका धरान–११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ ।जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका विभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अवस्थामा मृत फेला परेका थिए । मृत फेला परेका व्यक्तिको तत्काल नाम थर नखुलेता पनि केही समयमै उनको पहिचान खुलेसंगै लम्जेलको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा उनको हत्यामा धरान–१५ बस्ने दुई जना बालकको संग्लग्नता रहेको पाए सँगै दवैलाई पक्राउ गरिएको र उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तपाईको प्रतिक्रिया