अबको नेपालको राजनितिले कोल्टे फेर्ने संकेत गरेको छ।नेपालको सबै भन्दा ठुलो र देशको राजधानी समेत रहेको काठमाडौंंको स्थानिय निर्वाचनमा स्वतन्त्र उमेदवार बालेन्द्र साहको जितले अब राजनैतिक दलहरु प्रतिको बिस्वास आम मतदातामा नरहेको संकेत गरेको छ। खासगरी नेपाली कंग्रेस,एमाले,माओवादी लगायत दलहरुको बिकल्प मतदाताहरुले खोज्न सुरु गरेका छन।आफ्नो पार्टीको नीति आदर्श,मूल्य, मान्यता लत्याएर सत्ता प्राप्त्तिकै लागि बिचार,आदर्श सिद्वान्त नमिल्नेसंग अपबित्र गठबन्ध जुन कग्रेस नेतृत्वले गर्यो त्यहिंबाट कंग्रेसको पतन यात्रा सुरु भको हो। अब नेपाली कग्रेसले बीपी,गणेशमान शिंह,कृष्ण प्रसाद भट्टराई,शुवर्ण शम्सेरको नाम भजाएर पार्टी अगाडी जान सक्दैन।प्रजातन्त्र प्रप्ती पछि ३०/३५ बर्ष सम्म यीन्ले यीनै नाम भंजाएर केवल सत्तामा पुगे।एमाले लगायत कम्युनिस्टहरुले पनि मार्क्स,लेनिन,माओ,स्टालिनका नाम भजाएर अब हुनेवाला केही छैन।आफू सत्तामा हुंदा अग्रगमन सत्ता बाहिर हुंदा प्रतिगमन देख्ने राजनैतिक दलको पतनको यात्रा काठमाडौं महानगर पालिकाको निर्वाचनले तय गरिसकेको छ। अब बिरासतको राजनिती समाप्त भएको छ।नत्र गणेशमान पुत्र प्रकाशमान सिंहकी श्रीमती सिर्जना शिंह,केसव स्थापितले बालेन्द्र साहसंग सर्बनामक हार ब्योहोर्नु पर्ने थिएन।पछिल्ला दिनमा जनतामा मुलधारका राजनैतिक दलप्रती आक्रोश बढदै गएको छ।आगामी प्रदेश सभा र संघको निर्वाचनमा मुलधारका राजनिती पार्टी बाट मुलुकभरी स्वतन्त्र उमेदवार उठ्छ्न।
