गठबन्धनमा रुवाबासी, धनकुटा नगरपालिकामा पुनः एमालेको वर्चस्व

धनकुटा । पाँच दलीय गठबन्धनले यस पटक धनकुटामा एमालेलाई क्लिन स्विप गर्ने डंका पिटेको थियो । तर निर्वाचन परिणाम पश्चात धनकुटा नगरपालिकामा पुनः एमाले नै विजय भएपछि पाँच दलीय गठबन्धनमा रुवाबासी मच्चिएको छ ।


धनकुटा जिल्लाकै सबै भन्दा धेरै चासोको रुपमा हेरिएको सदरमुकाम रहेको धनकुटा नगरपालिकामा एमालेबाट चिन्तन तामाङ र भीमा खनाल प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् ।
प्रमुखमा निर्वाचित तामाङ पाँच दलीय गठबन्धनका दिनेश राईलाई १६ मतले पराजीत गरी पुन ः दोस्रो कार्यकालमा लािग निर्वाचित भएका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनिल थापाको गृह जिल्ला समेत रहेको कारण धनकुटा नगरपालिकाको चुनावी परिणामलाई गठबन्धनले सर्वाधिक महत्व दिएको थियो । केन्द्रीय सदस्य थापा झण्डै एक महिना अगाडिदेखि नै धनकुटा आएर परिणाम गठबन्धनको पक्षमा पार्न प्रयासरत थिए । उनले जिल्लाका अन्य स्थनीय निकाय भन्दा धनकुटा नगरपालिकालाई बढी महत्व दिएको स्थानीय मतदाताहरु बताउँछन् ।
धनकुटा १ हिले निवासी तामाङ्गको यो दोस्रो कार्यकाल हो । पाँच बर्षै कार्यकालमा विकासप्रेमी, निस्कलंकित मेयरका रुपमा परिचित मात्र होइनन् धनकुटा नगरपालिकालाई उत्कृष्ट नगरपालिकाका रुपमा समेत परिचित गराएका थिए । स्थानीय मतदाता हरि श्रेष्ठ भन्छन् पाँच दल मिलेर आउँदा पनि चिन्तन तामाङलाई पराजित गर्न सकेनन् । यो नै तामाङप्रति धनकुटा नगरपालिकाभित्रका मतदाताहरुको अटल विश्वास थियो ।

तपाईको प्रतिक्रिया