तेह्रथुम । लाली गुरास नगरपालिकाको मेयरमा दोस्रो पटक पनि अर्जुनबाबु मावुहाङ निर्वाचित हुनुभएको छ । नेपाल कांग्रेसबाट मेयरको प्रतिष्पर्धामा रहनु भएका उहाले ५ हजार १ सय ३९ मत ल्याएर विजयी हुनुभएका हो ।

माबुहाङले प्रतिद्धन्द्वी नेकपा एमालेका उम्मेदवार गणेश सेनेलाई पराजित गर्नुभएको हो । सेनेले ३ हजार ३४४ मात्र प्राप्त गर्नुभयो ।मावुहाङ २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेका उमेद्वारलाई पछि पार्दै विजयी बन्नुभएको थियो । उपमेयर पदमा कांग्रेसकै जमुना मगर कार्की ४ हजार ८८७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सिनाले ३ हजार ५९४ मत प्राप्त गर्नुभयो । कांग्रेसले लालीगुराँस नगरपालिकाको २, ३, ४, ७, ८ र ९ नम्बर वडामा विजय हासिल गरेको छ । त्यस्तै एमालेले १ र ६ नम्वर वडा र ५ नम्वर स्वतन्त्र उम्मेदवार महेन्द्र लिम्बु विजयी भएका छन् ।
