उमेदवारी चयन : एमालेमा तिब्र असन्तुष्टि

धरान । धरान उमपहानगरपालिकाको मेयरको चयनमा हाम्रो पार्टी नेकपा एमालेले यति अप्रिय निर्णय गर्ला भन्ने धरानका नेता कार्यकर्ता तथा मतदाताहरुले कल्पना पनि गरेका थिएनन् । तथापी बोकेर हिड्न मजबुर छौ हामी कार्यकर्ता ।


धरानमा एमालेभित्रका हेभिवेट भनेर चिनिनु भएका धरान उपमहानगरपालिकाका पूर्व प्रमुख मनोजकुमार मेन्याङ्बोले आइतबार आफ्नो फेसबुक स्टाटसमा माथिका अंशहरु राख्नु भयो । उहाँबाट लेखिएका उपरोक्त अंशहरुले समग्र धरानमा एमाले कार्यकर्ता, नेताहरुको प्रतिनिधित्व भइरहेको छ । एमालेको केन्द्रीय नेतृत्वले धरान उपमहानगरपालिकाको प्रमुखमा वर्तमान उपप्रमख मञ्जु भण्डारीलाई प्रत्यासी बनाउने निर्णय गरेपछि एमाले धरानमा यतिबेला चरम असन्तुष्टि देखिएको छ । विगत पाँच बर्षको अवधिमा झण्डै दुई बर्ष कावा मेयर भएर पालिका चलाएकी भण्डारीमा नेृतत्व क्षमताको कमी, धरान खानेपानी एडिवीलाई जिम्मा लगाउन खेलेको भूमिका, एउटा गुटको पिछलग्गु भएको लगायतका दर्जनौ आरोप एमालेकै कार्यकर्ताले लगाई धरान उपमहानगरमा यस पटक सक्षम र योग्य व्यक्तिलाई उमेद्वार बनाउनुपर्ने माग गर्दै आएका थिए । तर केन्द्रीय नेतृत्व निकट भएकै नाताले भण्डारीलाई प्रमुख पदको उमेदवार बनाएपछि अब एमालेले धरान उपमहानगरपालिकामा विरासत जोगाउन नसक्ने एमालेका कार्यकर्ताको ठहर छ ।

तपाईको प्रतिक्रिया