राप्रपाबाट धरानको प्रमुख, उपप्रमुखमा शाक्य र राई

धरान । वैसाख ३० गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राजेन्द्र लिंगदेन नेतृत्वको) बाट धरान उपमहानगर पालिकाको निर्वाचनमा प्रमुखमा नरेश शाक्य र उपप्रमुखमा पूर्णमाया राईले उमेद्वारी दर्ता गराउनु भएको छ ।


ठूला हौ भन्ने राजनैतिक दलहरु निर्वाचनमा एक्लै जान नसकेर कथित गठबन्धनको सहारामा धरान उपमहानगरमा उमेद्वारी दर्ता गराइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्य कुनै दलसँग गठबन्धन नगरी एक्लै प्रतिष्पर्धामा उत्रिएको छ । यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति मुलुककमा अन्य स्थानमा जस्तै धरानमा समेत आकर्षण बढेको छ । धरान उपमहानगरपालिका वडा नं. १३ का एक स्थानीय मतदाताले भने अन्य दललाई बर्षेदेखि हेरियो तर जनभावना अनुसार कहिल्यै हिडेनन् । जिताएर पठाएपछि उनीहरु जनप्रतिनिधि नभएर शासक भए । धरानको विकासमा कहिल्यै ध्यान दिएनन, धरानको खानेपानी चौपट्ट बनाए । नगरपालिका आफ्ना कार्यकर्ता भर्ति केन्द्र बताए, भ्रष्टाचारमा लिप्त भए । अब पनि तिनै दललाई भोट दिने कुरा नै आउदैन । धरान ३ का एक एमालेका संगठित कार्यकर्ता भन्छन्, एकपटक हलोमा भोट हाल्ने हो । अरुलाइ धेरै पटक हे¥यौ यसपटक राप्रपालाई हेर्ने हो । यी त मतदाताका प्रतिनिधि भनाईमात्र हुन् । आम मतदाता यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदात गर्ने पक्षमा देखिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले धरान उपमहानरपालिकामा उमेदवार बनाएका मेयर र उपमेयरका प्रत्यासी सामाजिक अभियन्ता पनि हुन् । हाल राप्रपाले धरानका २० वटै वडामा पार्टी कार्यालयसँगै वडाध्यक्ष र अन्य सदस्यहरु उमेद्वार बनाई निर्वाचन आयोगमा सोमबार मनोनयन समेत दर्ता गराइसकेको छ ।

तपाईको प्रतिक्रिया