नेपाली कांग्रेसको भविष्यमाथि प्रश्नचिन्ह

हिजोआज दिनैपिच्छे सुन्न थालिएको छ जनकपुरमा नेपाली काँग्रेस नगर सभापति सहित सैयौले नेपाली काँग्रेस पार्टी परित्या गरे, नेपालगञ्जमा सांसद नै काँग्रेस छोडेर अर्को पार्टीमा प्रवेश गरे, डँधेलधुरामा चरम असन्तुष्टि सम्पूर्ण स्थानीय निकायमा बागी उमेद्वार, हेटौडामा कार्यकर्ताले जिल्ला सभापतिलाई पार्टी कार्यालयमै थुने, विरगञ्जमा केन्द्रीय नेतृत्वको निर्देशन नमान्ने विराटनगरमा चरम असन्तुष्टि, चितवनमा सैयौ कायकर्ता पलायन ।
यी त देखिएका र सुनिएका ठाउँका प्रतिनिधि घट्नामात्र हुन् । मुलुकभरि यसैगरी नेपाली काँग्रेसभित्र भुसको आगो सल्किएको छ । सर्वत्र असन्तष्टि छ, विद्रोह छ, पलायनको क्रम जारी छ । यस्ता अप्रत्यासी घट्नाक्रम आउनुको पमुख कारण नेपाली काँग्रेसको मूल नेतृत्वले इतिहासलाई लत्याएर अपवित्र दलहरुसँग अपवित्र गठबन्धन गर्नु नै हो । नेतृत्व आम कार्यकर्ताको भावना अनुसार चल्नुपथ्र्यो । तर कार्यकर्ताको मर्म र भावनामाथि ठेस पु¥याएर कहिल्यै विश्वास गर्न नसकिने कम्युनिस्टहरुसँग चुनावी गठबन्धन गर्दा आजको अवस्था सिर्जना भएको हो ।
नेपाली काँग्रसको मुल नेतृत्व यही स्वेच्छाचारी, केवल सत्ता लिप्साको सोचबाट अगाडि बढ्ने हो भने एकदिन नेपाली काँग्रेस प्रजा परिषदको बाटोमा पुग्ने छ । प्रजातन्त्रमा एउटा पार्टीका लागि केन्द्रदेखि गाउँसम्मको संगठन, संगठनमा आवद्ध इमान्दार कार्यकर्ताको अहम् भूमिका रहन्छ । जसले पार्टीलाई जीवन्त प्रदान गर्छ । इमान्दार र स्वच्छ छविको कार्यकर्ताका कारण मतदाताहरुले उक्त दललाई
रोजेका हुन्छन् । तर जब इमान्दार कार्यकर्ता पलायन हुन्छन् त्यो दलको अद्योगति शुरु हुन्छ । यतिबेला नेपाली काँग्रेसबाट इमान्दार कार्यकर्ताहरु पलायन भइरहेका छन् । नेतृत्वले कम्युनिस्टसँग गठबन्धन गर्ने निर्णयबाट इमान्दार कार्यकर्ताहरु नै मर्माहत भएका छन् ।
अपराधपूर्ण कार्यमा संलग्न भएका, आफ्ना अपराध लुकाउन नेपाली काँग्रेसमा ओत लाग्न आएका, भ्रष्टाचार, बलात्कारको मुद्धा खेपेका, सजाय पाएकाहरुलाई काँग्रेसको गठबन्धनबाट कुनै सरोकार छैन । उनीहरु त अवसरको खोजी गर्दै ओत लाग्न मात्र आएका हुन् । न तिनलाई नेपाली काँग्रेसको इतिहास थाहा छ न प्रतिबन्धित अवस्थामा प्रजातन्त्रका लागि नेपाली काँग्रेसले निर्वाह गरेको भूमिका थाहा छ । उनीहरुलाई यतिमात्र थाहा छ नेपाली काँग्रेस ठूलो पार्टी हो, काँग्रेसको सरकार छ, संरक्षित हुन सकिन्छ । आजको गठबन्धनले नेपाली काँग्रेसको भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ । न वर्तमान काँग्रेसको नेतृत्वले गठबन्धनको औचित्य पुष्टि गर्न सकेको छ । गठबन्धन गर्नुृको एउटै कारण सुगा रटाइमा भन्ने गरिएको छ, प्रतिगमन परास्त गर्न गठबन्धन गर्नुप¥यो । के हो प्रतिगमन ? आफू सत्तामा पुग्दा प्रतिगमन नहुने, अर्को सत्तामा पुग्यो भने प्रतिगमन हुने । कस्तो विचित्रको सोच ।
स्थानीय निर्वाचनबाट रित्तिन शुरु भएको नेपाली काँग्रेस आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्म पुग्दा पूर्ण रुपले रित्तिने संकेत देखिन थालेको छ । मुलुकको समृद्धि, विकास जनताका आधारभूत आवश्यकता पूरा गर्ने भन्दा पनि जसरी हुन्छ सत्ताको चाबी आफ्नो हातमा लिने र आफ्ना, आफन्तहरुलाई महत्पूर्ण पदहरुमा आशिन गराउने सोचबाट ग्रसित काँग्रेसको वर्तमान नेतृत्व मुक्त हुनैपर्छ । मुलुक र मुलुकबासीका लागि जसले राम्रो काम गर्छ नागरिक उसैको पछि लाग्छन् । त्यसैले गठबन्धन काँग्रेसको हितमा छैन, हुदैन र हुन सक्दैन ।

तपाईको प्रतिक्रिया