मोरङ ।मोरङको ग्रामथान गाँउपालिका–४ कटहरी स्थितबाट जुवा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बेलुका जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा कौडा र नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैया सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सातै जनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
