धरान । लालीगुराससंगै हिन्दुहरुको देवस्थल पाथीभरा मन्दिर पनि त्यही ठाउमा भएकोले दर्शनसंगै मनोरमदृश्यको अवलोकन गर्न नेपाल लगायत भारतका विभिन्न स्थानबाट तीनजुरे पुग्ने गरेका छन् ।
इटहरीबाट पाथीभरा देवीको दर्शन गर्न कृतन टोली तीनजपुरेमा पुगेको थियो । इटहरीबाट तीनजुरे घुम्न पुगेकी कृतन टोलीमा आवद्ध रेष्मा निरौलाले तीनजुरे धार्मिक तथा पर्यटकीय क्षेत्र भएको बताउनुभयो । उहाले आफू यस ठाउमा पहिलो पटक आएको बताउदै पाथीभराको दर्शनसंगै आकर्षक रमणीय स्थलको दृश्यावालेकन गर्न पाउदा अत्यन्तै आनन्द लागेको बताउनुभयोे । उहाले यहा आउँदा स्वर्गकै आनन्द हुने बताउनुभयो । यस्ता आकर्षक पर्यटक स्थलको प्रचारप्रसारमा राज्यका जिम्मेवार निकायको भने आँखा पुग्न नसेको उहाँको भनाई थियो ।

चिसो मौसमसंगै अत्यन्तै रमणीय स्थल लाली गुरासको राजधानी तीनजुरेमा रहेको पाथीभरा मन्दिरलमा दर्शन गर्न आउन पाउदा आनन्द भएको सोही टोलीमा पुगेकी रमा थपलियाले बताउनुभयो् । उहाले े धार्मिक ग्रन्थहरुमा पढ्दा देवदेवीहरुको मन्दिर हिमालय श्रृंखला, उच्च पहाडी क्षेत्रमा हुने गरेको उल्लेख गरे अनुरुप तीनजुरेमा रहेको पाथीभरा मन्दिरले धार्मिक ग्रन्थमा उल्लेख गरेको स्मरण गराउने बताउनुभयो ।
उहाले यसको प्रचारप्रचार गर्न सके ताप्लेजुङको पाथीभरा मन्दिरपछि तीनजुरेको पाथीभराले ठाउ लिने बताउनुभयो । उहाले भभिन्नुभयो , ‘तीनजुरे पुग्दा नै एक प्रकारको आनन्द हुन्छ, त्यसमाथि पाथीभराको दर्शन गर्न पाउदा झनै आनन्दित महसुस हुन्छ, तर राज्यले यसको प्रवद्र्धनका लागि प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्छ ।’
गुरासको राजधानी तीनजुरे त्यहा फुलेका विभिन्न गुरासको अवलोकनसंगै पाथीभरा मन्दिरको दर्शन पनि गर्न पाउने भएकोले सर्वसाधारणको आगमन बढ्दै गएको लालीगुरास नगरपालिकाका सर्वसाधारण कृष्ण खुवाङ बताउनुहुन्छ् । उहाल्े ‘पशुपतिको यात्रा सिद्राको व्यापार भन्ने उखान झै तीनजुरेको रमणीय स्थलसंगै छेउमै रहेको पाथीभरा मन्दिरले सर्वसाधारणलाई तानेको बताउनुभयो ।
ताप्लेजुङको पाथीभरा मन्दिर जान नसक्नेहरु विकल्पको रुपमा तीनजुरेमा रहेको पाथीभरामा आउने गरेको उनीहरु बताउछन् । उनीहरुले तप्लेजुङमा रहेको पाथीभरा पुग्न भौगोलिक अवस्थाले अत्यन्तै कठिन हुने भएकोले त्यहा पुग्न नसक्नेहरु विकल्पको रुपमा तीनजुरेमा रहेको पाथीभरामा आउने स्थानीयहरु बताउछन् समुन्द्र सतहबाट ३०३४ मिटरको उचाईमा रहेको यो स्थान भएको स्थान हावापानीको हिसाबले पनि चिसो वातावरणीय स्थान भएकोले पनि जाडोको मौसमभन्दा गर्मीको मौसममा बढी भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जाडो मौसममा दैनिक १ देखि १ सय ५० भक्तजन आउने भएपनि गर्मी महिनामा त्यसो दोब्बर भक्तजन आउने गरेको समितिले जनाएको छ ।
