बराहक्षेत्रको अमाहा सिमसार आझेलमा

धरान । बराहक्षेत्र नगरमा विभिन्न धार्मिक, सास्कृतिक, पर्यटकीय क्षेत्रहरू पर्छन् । धार्मिक, सास्कृतिक क्षेत्रहरूमा प्राचीन हरिद्वार चतराघाम जहाँ १२ वर्षमा एक पल्ट कुम्भ मेला समेत लाग्ने गर्द्छ । त्यस्तै बराहक्षेत्र मन्दिर, कृष्ण मन्दिर, राधाकृष्ण मन्दिर, कुटी, चन्द्र मैन धामी मन्दिर, सरदार थान मन्दिर आदि छन् भने पर्यटकीय क्षेत्रहरूमा अमाहा सिमसार, गहने पोखरी, टेकाने कुन्ज, कोशी टप्पु, कोसी नदी, चारकोसे झाडी आदि पर्छन् तर प्रचार प्रसारको कमीले यी पर्यटकीय क्षेत्र अहिले पनि ओझेलमा परेका छन् ।
यी क्ष्ँेत्रमध्ये अमाहा सिमसार पनि एक हो । बराहक्षेत्र नगरपालिका वडा नं. ४ र ५ मा पने अमाहा सिमसार प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक तथा जैविक विविधिताको हिसाबले समेत महत्वपूर्ण स्थान रहे पनि ओझेलमा परेको छ । निर्वाचनताका प्रदेश र स्थानीय तहको घोषणापत्रमा अमाहको विकास महत्वपूर्ण बुदामा राखिए पनि निर्वाचित जनप्रतिधिले खासै ध्यान नदिएको अमाहा सिमसार संरक्षणमा लागेकाहरु बताउँछन् ।


अमाहा वन सामुदायिक उपभोक्ता समितिका अध्यक्ष भोजराज घलेले अमाहा एतिहासिक, धार्मिक र जैविक पर्यावरणयुक्त सिमसार क्षेत्र भएपनि यसमा स्थानीय सरकारको आखा पुग्न नसकेको बताउनुहुन्छ । अमाहा चौधरी समुदायको नामबाट नामाकरण भएको मानिन्छ । चौधरीले आमालाई अमाह भन्ने गर्छन् । यस क्षेत्रमा बीचको टापुमा अमाहदेवी थान रहेको छ ।
भगवानको आस्थाराख्नेहरु्रले त्यहा दर्शन गर्न सक्ने अध्यक्ष घले बताउनुहुन्छ । धार्मिक, सांस्कृतिक तथा जैविक हिसाबले महत्वपूर्ण मानिएको अमाहलाई स्थानीय सरकारले पटक्कै सहयोग नगरेको उहा बताउनुहुन्छ ।
अमाह पोखरी । पोखरी मात्र डेढ हेक्टर क्षेत्रफल(करिब २ बिघा)मा फैलिए पनि सिमसार क्षेत्र भने ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । शनिबार र विशेष पर्वमा छुट्टीको दिन त यहाँ घुइचो लाग्छ। गरेको अध्यक्ष घले बताउनुहुन्छ । दिनमा डेढ, २ सय पर्यटकहरू पनि आउने गरेको उहा बताउनुहुन्छ । स्थानीय सरकारले यसको पूर्वाधार निर्माणमा सहयोग पु¥याए अझ धेरै पर्यटक आउने उहा बताउनुहुन्छ ।
यता स्थानीय सरकार भने नजिकै रहेको यस्तो पर्यटकीय क्षेत्रमा आखा पु¥याएको पाइदैन । नगरपालिकाकी उपमेयर कमला मगरले यस क्षेत्रमा सोचेजस्तो विकास गर्न नसकेको स्वीकार्नुहुन्छ । विकास नभएकै कारण अमाहा भन्दा नजिकै रहेका अन्य पालिकाका ताल तलैयामा सर्वसाधारणको घुइचो लाग्ने बताउनुहुन्छ । नगरपालिकाले यस्ता आकर्षक ठाउको विकासमा खासै ध्यान नदिएकै कारण सोचेजस्तो आन्तरिक तथा वाहय पर्यटक आउन सकेका छैनन् ।  जसले गर्दा उपमहानगरपालिकाको लाखौ आम्दानी गुमेको अवस्था छ ।

तपाईको प्रतिक्रिया