धरान । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको चरम सत्तालिप्साका कारण जनताबीच तिरस्कृत, अपाच्य र निर्वाचनमा टेष्ट भएर हैसियत समेत थाहा नभएको दलहरुसँग स्थानीय निर्वाचनमा गठबन्धन गर्ने गरेको निर्णयले काँग्रेसका इमान्दार कार्यकर्ताहरुमा सर्वत्र निराशा छाएको छ ।
सुनसरी क्षेत्र नं. ४ का एक प्रभावशाली र पुराना कार्यकर्ताले भने अपवित्र गठबन्धन हामी मान्दैनौं । नेतृत्वको व्यक्तिगत स्वार्थका लागि गरिएको गठबधन्नले अधिकांश काँग्रे्रेसका कार्यकर्ताहरु स्वविवेकले मतदान गर्ने पक्षमा देखिएका छन् । नेतृत्वले लादेको निर्देशन उनीहरु मान्ने पक्षमा छैनन् ।

उनले जस्तै सुनसरी क्षेत्र नं. ३ इहरीका एक जुझारु कार्यकर्ताले भने सभापति शेरबहादुर देउवाले इतिहासमै पार्टीलाई कलंकित बनाउने काम गरेका छन् । देउवाको गलत निर्णयलाई साथ दिने अन्य मतियारहरुले पनि स्थानीय निकायको निर्वाचन परिणाम पछिको दोषको भगिदार हुनुपर्ने छ । यर्सैगरी सुनसरी क्षेत्र नं १ मा १४ औं महाधिवेशन पश्चात जिम्मेवार पदमा रहेका अर्का कार्यकर्ताले भने आफ्नै पार्टीको नेतृत्वले अर्को पार्टीलाई भोट हाल भन्छ भने त्यो भन्दा सर्वनाक अवस्था के हुन सक्छ ? यी त स्थानीय स्तरका प्रतिनिधि आवाजमात्र हुन् । अधिकांश काँग्रेस कार्यकर्र्ताहरु काँग्रेस बाहेकका अन्य दलका उमेद्वारहरुलाई मतदान गर्ने पक्षमा देखिएका छैैनन् ।
यसैबीच देशभरिका नेपाली काँग्रेका कार्यकर्ताहरुको भावना विपरीत आइतबार पाँचदलीय गठबन्धनको नाममा जारी अपिलले थप आक्रोस थपिएकोे छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्ड, एसका नेता झलनाथ खनाल, जनता समाजवादीका नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौड्यालद्वारा हस्ताक्षर गरिएको अपिलमा भनिएको छ, समावेशिता गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ ।
परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय सक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि षड्यन्त्र गरिरहेका छन भन्ने कुराको उदाहरण देशको संविधान उल्लंघन गर्दै संसदमाथि
निरन्तर प्रहार, अदालत उपर खेलवार्ड र संवैधानिक अंगहरुमा पैदा गराइएको वेथितिले प्रष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास हो ।
यही परिवर्तन विरोध र प्रतिगामी दुरासयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको हो । पाँच दलको ऐक्यद्धता नेपालमा लोकतन्त्र र लोकन्त्रको मूूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाहरुको कठिनाई हँटाउदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौं ।
अपिलमा भनिएको छ लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्र्दै नेपाल राष्ट्रको सर्वाङ्गिर्ण र अग्रगामी विकास, समृद्धि हाँसिल गर्न पाँच दल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं । त्यसका लागि देशैभरि ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सबैलाई आवहान गर्दछौं । साथै व्यापक सहभागिता सहित आगामी स्थानीय तहको निर्वाचन सफल पार्न पनि पाँच दलीय उमेद्वारहरुलाई मत दिन अपिलमा अनुरोध गरिएको छ ।
