मति बिग्रेसी वातै खलास
मति बिग्रिएसी बातै खलास । लाँग्रेसका सभापति वाल्वाटारे मुखिया तिनका नन्दीभृंगी, भूत, पिसाचहरु यतिबेला आफ्नालाई डसेर पराया पोस्न लाग्या छन् । त्यसै गिर्जाउले एकताका मखियालाई साधारण सदय नै नरहने गरी विदावारी ग¥या होइन रै’छन् । पहिला पहिला काँग्रेसले अरुलाई भोट हाल्यौ भने कार्वाही गर्छु भन्थ्यो । अहिले ठ्याक्कै समय उल्टिएको छ । अहिले अरुलाई भोट हाल्दैनौ भने कार्वाही गर्छु भन्दै छन् । प्रचण्डाउ र माकुनेले वाल्वाटार छिराउन यसो के घचेटेका थिए मुखिया बा त जीवनभरि तिन्लाई छोड्नै नसक्ने अवस्थामा पुगेछन् । माकुने र प्रचण्डाउले बनारसी लड्डु खुवाइदिएछन् कि क्या हो ? नत्र त्यति साह्रो लिप्त भएर आफ्नालाई टाढा पार्दै परायको शक्तिमा जानु त नपर्ने हो । हुन त मुखिया बाले काँग्रेसलाई मजबुत बनाउने काम कहिल्यै गरेनन् । काँग्रेसको बुभई चढेर वाल्वाटार छिर्ने कामचाहिँ उनले बर्षेदेखि गर्दै आएका हुन् । जे होस् यसपटक वाल्वाटारे मुखियाले काँग्रेसलाई सर्वाङ्ग नांगै बनाउने भए । यसका लागि उन्लाई बधाई त दिनैपर्छ । कि कसो हौ ?
रुख काटेर हलो बनाउदै

नेपालमा यसपालि देखि नीति हराएको राजनीति व्यवस्था लागू भएको छ । रुखको संरक्षण गर्नुपर्ने वाल्वाटारे वनपाले आफै माक्र्सवाद,लेनिनवाद, माओवादी, स्टालिनवादको ¥यापमा झुमेका छन् र रुखका जरा, पात सबै खुइलिने गरी ¥याप हान्न थालेसी रुखको छहारीमा बर्षौदेखि ओत लागेकाहरु छिन्नभिन्न भएका छन् । सुक्न लागेको रुख धमाधम गिड्न थाल्या छन् । अर्थोक नभएपनि हलो त बन्छ भन्दै खुर्की खुर्की गर्न थाल्या छन् । मने वनपालेले रुखको संरक्षण गर्न नसक्दा देशैभरि हलो बनाउनेहरुको लहरै चल्या छ । झापादेखि पश्चिम कञ्चनपुरसम्म जता हे¥यो उतै हलो बोक्नेहरुमात्र देखिन थाल्या छन् । माक्र्सवाद, लेनिनवाद, माओवादको ¥यापमा झुम्म भएका रुख विनाशकलाई कुनै चिन्ता छैन, तिनलाई मजगुन छ ।
हैसियतभन्दा ठूलो भाग
मुलुकभरि पाँच हजार मत समेत नभएका नेकपा एसका अध्येक्षे भैटोपलेका माकुने यतिबेला आफूले बोक्नै नसक्ने भारी पाउनुपर्छ भन्दै गनगन गर्न थाल्या छन् । गठबन्धनका नाममा उनले हैसियत भन्दा ठूलो भाग खोजेपछि अरु चार टाउकेको खप्पर भत्भत्ती पोल्न थाल्या छ । झालेमालेबाट चोरचार गरेका गोडा दशबाहेक टाउकेलाई भन्जाएर बार्गेनिङ्ग गर्दै आएका माकुने यतिबेला गठबन्धनकै लागि गलपासो भएका छन् । दिम भने तिन्ले भारी बोक्नै सक्दैनन् नदिम भने वाल्वाटारबाट बुढानलकण्ठतिर बसाइ सर्नुपर्र्र्ने जोखिम । हुन त माग्नै परेसी ढुंग्रो लुकाएर किन मोही माग्नु ? ढुंग्रो लुकाएरै मोही माग्ने हो । माकुनेले मागेसी दिनैप¥यो । आफ्नै घर जलाएर अरुको घरमा सर्न सक्नेले जे पनि गर्न सक्छन् । माग्नेले पनि अलिकति भाँति पु¥याएर माग्देको भए वेश हुने थियो । तर चिन्ता गर्ने कुनै वात छैन वाल्वाटारे मुखिया आफ्नोको मुखबाट खोसेर अरुलाई पोस्नै जान्दछन् ।
छेपारे काजीको सूर्य मोह
छेपारे काजी आच्या कमल थापाको यसपटक सूर्य मोह विचित्र ढगले देखिएको छ । पार्टीको निर्वाचनमा उत्तानो परेर पछारिएका छेपारे काजीलाई जसरी नि अध्यक्षे बन्नेै पर्ने थियो राप्रपा नेपालको अध्येक्षे बने । अब चुनाउमा जानैपर्ने भयो । खट्पटी शुरु हुनु स्वभाविक हो । निर्वाचन आयोगले चुनाव चिन्ह गाई माग्दा तीर तेस्र्याइदियो । बन्दुकको जमानामा तीर लिएर चुनावमा जान सक्ने हैसियतमा छेपारे कजी देखिएनन् । त्यसपछि पुगे खप्रओको संरक्षणमा । इज्जत धान्दिनु प¥यो, सूर्यबाट चुनाव लड्ने व्यवस्था गरिदिनुप¥यो भनेर रोइकराई
गरेसी दुई चार ठाममा लाइन मिलाई दिउला भन्ने आश्वासन पाए । त्यसपछि त छेरपारे काजीलार्इी के चाहिन्यो ? सूर्य चुनाव चिन्हबाट चुनाव लड्ने भेनर छमछमी नाच्न थाले । सूर्य चिन्हबाट चुनाव लड्दा झालेमाले हुने कुरा पनि तिनले स्वीकारे । लौ बधाई छ छेपारे काजी । एमाले प्रवेश गरेकोमा ।
जे पनि हुन सक्छ रे
पुत्री मोहमा चुर्लुम्म डुबेका धृत राष्ट्रले अस्तिका दिन भरतपुरमा आफनो छोरीलाई मयर नदिए जे पनि हुनसक्छ भन्दै भरतपुरका जनता गठबन्धन दलका हल्लुडहरुलाई चेताउनी दिएछन् । घण्टाघरले नबुझ्या कुरा जे पनि हुन सक्छ भन्या चाहिँ के हो ? मागी मागी बाबाजी घि भात खाता है भन्या यही हो । एक्लै चुनावमा गएर जित्ने हविगत नभएसी गठबन्धन ग¥या छन् । त्यसमाथि चेताउनी । यो कुरा हजम हुनै सक्दैन । पहिला पहिला पनि तिन्की पुत्री जिताउन अनेकौ तिकडम गरेकै हो मतपत्र चपाउने, च्यात्ने मतगणना स्थगित गर्न,े रातारात मतपेटिका साट्ने गरेकै हो । यसपालि पनि उही फर्मुला अपनाउने त होला नि । त्यसभन्दा बाहेक त केही लछारपाटो लगाउलान् जस्तो छैन । यसका लागि अहिल्यैदेखि अफ्ना हनुमानहरुलाई प्रशिक्षण दिँदै गर्दा वेश होला ।
इटहरीमा प्रमुख अतिथि नबनाउनु
माकुने पार्टीका बरिष्ठ नेता झल्लाझलुले अस्तिका दिन इटहरीमा आएर भनेछन् इटहरीको पार्टी कार्जेक्रममा मलाइ प्रमुख अतिथि नबनाउनु होला । विचरालाई पुरानो कुरा झल्झली याद आए जस्तो छ । अन्त जहाँ पनि प्रमुख अतिथि बनाउँदा झलु गजक्क भएर फुलेल हुन्छन् । इटहरीमाचाहिँ प्रमुख अतिथि बन्नुपर्दा विचराको नौनारी लत्याक लुतुक भएर आउँछ । केही बर्ष अगाडि इटहरीमा भएको एक कार्यक्रममा विचराका डम्बु जस्ता गाला पड्किएको थिए । आफ्नै काजेकर्ताले तिनका डम्बु जत्रा गाला पड्काएका थिए । त्यसैले इटहरीमा भएका कार्जेक्रममा झलु प्रमख अतिथि बन्दै चाहँदैनन् । गाला पड्किने डरले तिन्लाई सताइरहन्छ । विचराको मर्म आयोजकले पनि बुझिदिनु पर्ने हो , कि कसो हौ ?
भ्रष्टाचार दिवस
नेपालले अब विश्वभरि नै नयाँ रेकर्ड राख्ने भएको छ । देशका कुना काप्चाबाट धुवाधार आवाज उठ्न थाल्या छ । वैसाख १ गतेलाई धुमधामका साथ भ्रष्टाचार दिवस मनउनुप¥यो भनेर । विश्वमा आजसम्म भष्टाचार दिवस कहीँ मनाइएको छैन । अरुका लागि पनि नेपाल नमूना बन्छ शुभ कार्यमा ढिला त गर्नु हुँदैन । अब हेरम वैसाख १ गते राष्ट्रपतिले किलोको भाउमा अनेकौ नाममा विभुषणहरु वितरण गरिछन् । विभुषण थप्नेहरु कोही बलात्कारको मुद्दामा जेल बसेर छुटेका, कोही अकुत भष्टाचार गरी अख्तियारले डामेका, कोही तस्करमिा मुछिएकाहरु मात्र देखिए । हुन त यस भन्दा राम्रो अनुहार खोज्दा पनि पाउन गाह«ो छ । गठन्धनले सिफरिस गरेपछि तिन्का घाँटीमा अभुषणको जन्तर भिराइदिनै प¥यो । विचरा राष्ट्रपतिको बाध्यता छ । बाध्यता बुझिदिनु प¥यो नि ।
अन्तेमा
क्षेत्रपाटीतिरका गठ्ठे काजीकी श्रीमतिलाई काठमाण्डौ महानगरपालिकाको मेयर चाहियो रे । गठ्ठे काजीले इमान, जमान सबै बेचेर वाल्वाटारे मुखियाको शरणमा पुगेसी जाबो मेयरको टिकट त पक्का । चौधौ महाधिवेशनमा गठ्ठे काजीले दुई सय मत पाएका थिए पहिला पहिला त बुरुक बुरुक उफ्रन्थे गणेशमानको परिवारले मात्र त्याग गर्नुपर्ने ? गठ्ठे काजीले के त्याग गरे कुन्नि । उल्टै गणेशमान सिंहको नाम भँजाएर हसुरेका कस्लाइ थाहा छैन । अब अहिले वाल्वाटारे मुखियालाइ साथ दिएको भन्दै श्रीमतिलाई बोकेर हिड्या छन् । कही नभएको जात्रा हाँडी गाउँमा भन्या यही हो, गुन तिर्र्न मुखिया वाले टिकट त देलान् तर भोट त उही हो तल्कुरे कु । किसो है ?
