धनकुटामा गाजा मेला !

धनकुटा । गाँजा मेला ! नेपालमै पहिलो पटक गाँजा मेलाको आयोजना भएको छ । फुड फेस्टिबल, कृषि मेला, आइटेक मेला, पर्यटक मेला, रमाइलो मेला त नेपालमा आयोजना हुँदै आएका थिए तर पछिल्लो पटक गाँजा मेलाको समेत शुभारम्भ भएको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।


राज्यले लागू औषधको सूचिमा राखेको प्रतिबन्धित गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग गर्दै धनकुटाका किसानहरुले शहीदभूमि गाविस छिन्ताङमा सोमबारदेखि तीनदिने गाँजा मेलाको आयोजना गरेका हुन् ।
नेपालमा गाँजा खेतिलाई वैधानिकता दिन घोषित रुपमै पछिल्लो समय आवाज उठ्दै आएको छ । बागमती प्रदेशमा सांसदहरुले गाँजा खेतीलाई वैधानिकता दिन प्रदेशसभा संसदमै आवाज उठाउदै आएका छन् । उनीहरुले संयुक्त राष्ट्र संघले गाँजामा ९८ प्रतिशत औषधीय गुण भएकोले यसलाई निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिने, अमेरिका, बेलायत, जर्मन, फ्रान्स बेल्जियम लगायतका सैयौ देशहरुले खेति गर्दै आएको दृष्टान्त प्रस्तुत गर्दै गाँजा खेतिलाई वैधानिकता दिन माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया