तेस्रो कनेक्ट (इन) उद्यमशीलता कन्क्लेभ सम्पन्न

राजधानी । नेपालस्थित भारतीय राजदुतावासले काठमाण्डौमा आयोजना गरेको अन्तर्राष्ट्रिय उद्यमशील कन्क्लेभ–कनेक्ट (इन) सफलतापूर्वक सम्पन्न भएको छ । चैत्र ९ गते आयोाजित कन्क्लेभ–कनेन्ट (इन) भारत स्वतन्त्र भएको ७५ औ बार्षिक उत्सव मनाउन भारत सरकारले अगाडि सारेको आजादीका अमृत महोत्सव अन्तर्गतका हो ।
कन्क्लेभ सन् २०२२ फेब्रअरी महिनाको पहिलो हप्ता गर्ने निर्णय भए तापनि कोभिड १९ को महामारीले निम्त्याएको विषम परिस्थितिका कारण मार्च महिनामा सारिएको थियो । कन्क्लेभ–कनेक्ट (इन) को सह आयोजकमा Clockb Business Inno Vation रहेको थियो भने अन्य साझेदारहरुमा जीएमआर टाटा मोटर्स, टाटा मेडिटेक र टुटल रहेका थिए ।
नेपालस्थित भारतीय राजदूतावासले एक विज्ञप्ती प्रकाशित गरी कन्क्लेभ कनेक्ट (इन)का सम्बन्धमा जानकारी गराइएको हो । दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ कनेक्ट (इन)ले नेपाल र भारतका युवा उद्यमशीलहरु, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुमा एक अर्काका अनुभवहरु साटसाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कनेक्नट (इन) को तेस्रो संस्करणको समुद्घाटन गर्नुभएको थियो । भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन यस अगाडि सम्पन्न दुई संस्करणले हाँसिल गरेको सफलतालाई निरन्तता दिँदै तेस्रो संस्करण आयोजना गरिएको हो ।
ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरु जस्ता विविध क्षेत्रहरुमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरुले उक्त कन्क्लेभमा सहभागिता जनाएका थिए । उक्त अवसरमा भएका छलफल तथा प्रस्तुतीबाट आकांक्षी उद्यमी, व्यसायी, सञ्चारकर्मी तथा बैंकरहरु समेत गरी करिब ४ सय जना लाभान्वित भएका थिए । अझ त्यसभन्दा बढी संख्याले कार्यक्रम लाइभ स्ट्रिममार्फत हेरेका थिए । हाल सम्पन्न तेस्रो संस्करणमा कनेक्ट (इन) ले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका संघर्षको कथालाई समावेश गरेको थियो । ती कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक ई–कमर्श र रिसेल पोर्टलहरुमध्येको एक मिशो Meesho) तथा तथ्यांक गर्दै जीवन र इन्जिनियरिङ बीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदयीमान कम्पनी Elaucidate रहेको थियो । नेपालबाट चीर परिचित फिनटेक प्लेयर एफवान सफ्ट ग्रुप F1 Soft Group) तथा इ‘–कमर्श पोर्टल सस्तो डिल  Sastodeal समावेश थिए ।
कन्क्लेभमा तीनवटा टोली बनाई शुरुवाती चरणमा स्टार्टअपले झेलेको चुनौति, उद्यम पूँजीपतिको दृष्टिकोणमा एटार्टअपको आर्थिक पक्ष र परम्परगत व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रित भई छलफल भएको थियो । छलफल सत्रमा भारतबाट वित्तीय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रही काम गर्ने लगानीकर्ता कम्पनी Yatra Angel Network र शैक्षिक ऋण प्रवाह क्षेत्रमा काम गर्ने स्टार्टअफ कम्पनी (Creadenc) को सहभागिता थियो । यसैगरी नेपाली टोलीमा चिर परिचित स्टार्टअफ कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ट्रप, प्याटु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फन्ड र विजनेश अक्सिजनले सहभागिता जनाएका थिए । कार्यक्रममा स्टाण्डर्ड चाटर्ट बंैक र किङ्गस कलेज काठमाण्डौका वक्ताहरुको पनि उपस्थिति रहेको थियो ।
कनेक्ट (इन) कन्क्लेभका लागि २०२१ डिसेम्बर र २०२२ को जनवरी दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा प्रिइभेन्ट एक्टिभेसन क्याम्प’ को सञ्चालन गरिएको थियो सो क्याम्पसको सञ्चालन पश्चात ८० जना युवा उद्यमीहरुले Incubation रIncubation यमगभि का लागि निवेदन दिएकोमा २० जनालाई छनौट गरी वित्त, प्रशासन कानुन, लगानी तत्परता, बिक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुअरी र मार्च महिनामा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण लिएका २० जना उद्यमशील युवाहरु अहिले शिक्षा, सामाजिक, उद्यम, यात्रा र अतिथि सत्कारका क्षेत्रमा कार्यरत रहेका छन् । गत मार्च महिनामा आइडिया अडिसनको आयोजना समेत भएको थियो । छनौट भएका चार जना उद्यमीले कन्क्लेभमा लगानीकालागि अपिल गर्नेछन् । यसै बर्ष कनेक्ट (इन)कै हिस्सा अनुरुप दुतावासले पहिलो पटक २०७९ वैसाख ५ देखि ७ गतेसम्म आइडियाथन को आयोजना समेत गर्दैछ । हाम्रो दैनिक जीवनलाई प्रभाव पार्ने तथा दुवै देशका नीति निर्माणमा अर्थ राख्ने चार महत्वपूर्ण क्षेत्रका चुनौतिहरु विरुद्ध प्रविधिमैत्री समाधान खोज्न नेपालका युवा वर्गलाइ त्यसमा संलग्न गराउने आइडिया थनको उद्देश्य रहेको छ । ती चार क्षेत्रमाहरुमा (१) अन्तरदेशीय वाणिज्य (२) कृषि बजार (३) सहरी विकास (४) सुशासन रहेका छन् ।
काठमाण्डौका विश्व विद्यालय तथा कलेजमा अध्ययनरत विज्ञान, इन्जिनियरिङ्ग, व्यवस्थापन र मानविकी शंकायका विद्यार्थीहरु आइडियाथनमा सहभागी हुने छन् । तीन दिनको अवधिमा सहभागीहरुले आ आफ्नो टोली बनाई विभिन्न विषयमा विचार मन्थन गर्ने, एक आपसमा सहकार्य गरी फिल्डवर्कमा सहभागी हुने र चारवटा विषयमा पहिचान गरिएका समस्याहरुको समाधानमा आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । भारत र नेपालका युवा उद्यमीहरुलाई अझ नजिक ल्याई आकांक्षा र महत्वाकांक्षालाई उपलब्धीसँग जोडी भारत र नेपालमा आर्थिक उन्नति तथा विकासको नयाँ ढोका खोल्नु कनेक्ट (इन) को तेस्रो संस्करणको प्रमुख उद्देश्य हो ।

तपाईको प्रतिक्रिया