भारतीय दुताबास पेन्सन वितरण कार्यालय धरानद्वारा झापाको दुधेमा तीनदिने क्याम्प सञ्चालन भूतपूर्व भारतीय सैनिकहरुलाई जीवित प्रमाणपत्र, इमेल आइडी, इसिएचएस कार्ड पहिलो पटक क्याम्पबाटै प्रदान

झापा (दुधे) । भारतीय भूतपूर्व सैनिकहरुको आग्रह, पेन्सन वितरण कार्यालय धरानका प्रमुख मेजर अभिषेक सिंहको पहल र भारतीय राजदूतावासका रक्षा सहचरी (DA) को स्वीकृतिमा विगत दुई बर्षदेखि सञ्चालन हुँदै आएको झापाको दुधे स्थित संयुक्त भूपू सैनिक संघको भवनमा आयोजित तीनदिने क्याम्प हिजो मंगलबार सम्पन्न भएको छ ।


प्रदेश नं. १ को मोरङ, झापा, इलामका विभिन्न स्थानमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरुले तीनदिनसम्म सञ्चालित क्याम्पबाट जीवित प्रमाणपत्र नविकरण, पेन्सन लगायत अन्य लोककल्याणकारी कार्यक्रमहरुको लागि आवश्यक रहेको इमेल आइडी एप्स, एक्स सर्भिसमेन कन्ट्रीव्युटरी हेल्थ स्किम (ECHS) कार्ड जस्ता सेवाहरु पहिलो पटक क्याम्पबाटै प्राप्त गरेका छन् ।
विगतमा यिनै प्रयोजनका लागि झापा, मोरङ, इलामको दक्षिणी भेगमा बसोबास गर्दै आएका भारतीय भूतपूर्व सैनिकहरु सैयौ किमी टाढा रहेको पेन्सन वितरण कार्यालय धरान आउन बाध्य थिए । आइतबार शुरु भएको क्याम्पबाट भविष्यमा कुनैपनि पेन्सन लगायत काम कार्वाही गर्न सहज होस् भन्ने हेतुले हरेक भूपूहरुको व्यक्तिगत इमेल आइडी, श्रीमानको मृत्यु पश्चात श्रीमतिको नाममा पेन्सन पट्टाको काम, भ्ऋज्क् कार्ड, जीवित प्रमाणपत्र लगायतका सेवाहरु पाउँदा भारतीय भूतपूर्व सैनिकहरु खुशी देखिन्थे । क्याम्पमा पेन्सन वितरण कार्यालय धरानका प्रमुख मेजर अभिषेक सिंहले आइतबार विभिन्न ठाउँबाट एकत्रित भएका भारतीय भूतपूर्व सैनिकहरुबीच भन्नुभयो अब हरेक भूपूहरुकालागि इमेल आइडी अनिवार्य भएको छ जसका लागि मैले साइबरका सञ्चालकहरुको सहयोग लिएर इमेल आइडी बनाउने व्यवस्था गरिदिएको छु । कतिपय भूपूहरुले आफूसँग मोवाइल समेत नभएको गुनासो गर्दा मेजर सिंहले हाँसेर भन्नुभयो त्यो त तपाईहरुले नै व्यवस्था गर्नुपर्छ । इमेल आइडी बनाउने काम तपाईहरुले नै गर्नुपर्ने थियो । तर म तपाईहरुलाई सहयोग गरिरहेको छु । भोलिका दिनमा इमेलबाटै तपाईहरुको मोवाइलमा डाटा जान्छ । तपाईहरु आफै एप बनाउन सक्नुहुन्न । जसले गर्दा पेन्सन वापतको रकम तपाईहरुको खातामा जाँदैन । उहाँले भन्नुभयो पूर्वाञ्चलमा १७ हजार पेन्सनर हुनुहुन्छ सबैलाई मोवाइल र सिमको व्यवस्था म गर्न सक्दिनँ । तपाइहरुलाई दिने यस प्रकारको सेवा अन्यत्र कहीँ शुरु भएको छैन यो नै पहिलो क्याम्प हो । जहाँबाट तपाईहरुले यस प्रकारको सुविधा पाउँदै हुनुहुन्छ । भोलिका दिनमा सिस्टम चेन्ज भयो भने तपाईहरुको डेटा कम्प्लिट नहुँदा पेन्सन पाउन गाह«ो हुन्छ ।
मेजर सिंहले भन्नुभयो भ्ऋज्क् एप्लिकेशन अहिले शत प्रतिशत डिजिटल भइसकेको छ । भारत सरकारले भूपूहरुका लागि औषधोपचारका लागि प्रदान गर्ने यो सुविधाका लागि छिटो भन्दा छिटो कार्ड बनाउन उहाँले आग्रह गर्नुभयो । दुई बर्ष अगाडि शुरु भएको भ्ऋज्क् कार्ड भूपू र आश्रिमत परिवारले समेत गरेर २३ हजारले कार्ड लिनुपर्नेमा हालसम्म ४ हजार समेत नपुगेको उहाँले बताउनुभयो । एक बर्ष कोरोनाका कारण भूपूहरुलाई कार्ड बनाउन गाह«ो भयो होला तर अब त्यस्तो अवस्था छैन । भोलिका दिनमा असाध्यै (ठूलो) रोग लागेमा तपाईहरुलाई उपचार गर्न गाह«ो हुन्छ । हामी तपाईहरुलाई कार्ड बनाउनु भनेर जबरजस्ती गर्दैनौं तर कार्ड नबनाउँदा तपाईहरुलाई घाटा हुन्छ । यो तपाईहरुलाई भारत सरकारले दिएको वेलफेयर सेवा हो । आफ्नोे र आफ्नो परिवारको स्वास्थ्य सुरक्षाका लागि तपाईहरुलाइ आवश्यक छ ।
भूपूहरुका बीचमा मेजर सिंहले भन्नुभयो, आसाम राइफल्सका भूपूहरुको धेरै गुनासाहरु थिए । हामीले पनि त्यही युनिफर्म लगाएका हौ, हाम्रा लागि इसिएचएस किन छैन अरु सुविधाहरु पनि किन पाइदैन ? आज पूर्वाञ्चलमा आसाम राइफल्सका २२ सय भूपूहरु हुनुहुन्छ । आश्रित परिवार समेत गरी ४ हजार पुग्ला । दुई बर्षदेखि आसाम राईफल्सका भूपूहरुलाई भ्ऋज्क् फेसिलिटी दिइएको छ । तर हालसम्म ३९८ जनाले मात्र कार्डका लागि आवेदन दिनुभएको
छ । उहाँले भन्नुभयो हामी तपाईहरुका लागि मेहनत गरेर लिएर आउँछौं तर तपाईहरु वास्ता गर्नुहुन्न । यो सुविधा लिन दुई बर्षदेखि तपाईहरुलाई हात जोडर आग्रह गरिरहेको छु । हामीसँग राम्रा राम्रा हस्पिटल छन्, रोग लाग्दा त्यहाँ तपाईको उपचार हुन्छ । १० औं लाख उपचार खर्च भारत सरकारले व्यहोर्छ । उहाँले भन्नुभयो कार्डका लागि एप्लाई
गरीसक्नु भएको छ भने पाउनुहुन्छ । कार्ड एकै दिनमा बन्दैन त्यसका केही प्रावधानहरु छन्, समय लाग्छ । हाल ३२ केवीको पहिलाको कार्डलाई ६४ ग्रेडको बनाइएको छ । नेपालमा १ लाख १५ हजार भूपू सैनिक हुनुहन्छ ४० बटालिइन पनि पुग्दैन । भारतमा कति भूपू हुनुहुन्छ होला कल्पना गर्नुस त उहाँले भन्नुभयो ।
यहाँ स्मरणीय कुरा के छ भने दुधेमा सञ्चालित तीन दिने क्याम्पमा मार्च अप्रिलमा ७० बर्षभन्दा माथिका भूपूहरुको लाइफ सर्टिफिकेट
नविकरण गर्ने काम भएको थियो । क्उबचकज का बारेमा समेत भूपूहरुलाई जानकारी गराइएको उक्त क्याम्पमा १२ सय जनाको लाइफ सर्टिफिकेट नविकरण, ९ सय जनाको इमेल आइडी, २ सय जनाले भ्ऋज्क् कार्डका लागि आवेदन दिएका थिए ।

तपाईको प्रतिक्रिया