जंगेहरु त बुंगे भएछन् रे
झालमालेका अध्येक्षे खप्रओ बा पनि कहिलेकाहीँ त साह«ै घत लाग्दो गफ हान्दिन्छन । हुन त बाको जस्चो गफ हाक्न त चन्द्रेको बाउ इन्दे्र आएपनि भ्याउँदैनन् । अस्तिका दिन बाले भन्या प्रचण्डाउ र माकुनेको हालत साह«ै दयनीय भयो र । ती दुवै विहानैदेखि वाल्वाटारको ढोकामा गएर उभिन्छन् रे । भित्रबाट प्रसाद आए हात थाप्छन् रे । कुरो त सोह«ैआना जायज हो ा झालेमालेमा हुँदा जगे जस्ता थिए । मान मर्यादा थियो । रवाफ थियो । अहिले त जंगेहरु बुंगे भएछन् रे । बुंगाचाहिँ बुँगे भएछन । वाल्वाटारको ढोकामा नउभिएर विचराहरुको अन्त जाने ठाम पनि त हुनुप¥यो । वाल्वाटरे मुखियाले जसो भन्यो त्यसै मान्छन् । आखिरी मुखिया वालाई पनि एस मेन चाहिया थियो , दुईजना बुंगाहरु नै एमेन भएपछि काजीलाई अर्थोक केचाहिँ चाहियो र ? बरु आफन्तले नै टेर्देनन् काजीलाई, बुंगाहरु त थप थप मान्छन् । त्यसैले तीनै तहको निर्वाचनसम्म बुंगाहरुलाई सँगसँगै लिएर जान खोज्दैछन् मुखिया बा ।
क्या हरि विजोग
अस्तिका दिन माकुने धरान आ’का विचराको हरिविजोगै भयो । पर्शिक्षन र पार्टी पर्वेश कार्जेक्रम भनेर विचरालाई बोलाएछन् । धरान आएसी’ पो विचरा माकुन्याउ छाँगाबाटै खसेछन् । नखसुन पनि किन झालेमालेमा हुँदाको शान र अहिलेको अवस्था । कठैबरा । न अगाडि कार्जेकर्ता न पछाडि कार्जेकर्ता । अमिलो अनुहार बनाएर विचरा गाडीमा बस्या थिए । पहिला पहिला त मेरी बास्सै ठाम ठाममा स्वागतद्वार, आउनु भन्दा १० दिन अगाडिदखि प्रचारपसार, माकुन्याउ जिन्दावादको गगनभेदी नारा । विचरा अहिले त लिंठिङ्ग एक्लै । के के न लछारपाटो लगाउँछु भनेर बाउँठिएर हिँड्या थिए । अहिले मनमनै पुपुरोमा हात लगाँउदा हुन् । छट्टपट्टी हुँदो हो । माकुनेलाई रातभरि निन्द्रा लाग्दैन होला । धन्न पूर्व पर्धानमन्तरीको नाताले प्रहरीले एउटा भ्यानचाहिँ यसो अगाडि अगाडि दौडाईदिएछ । के गर्नु त बुद्धिको भाँडोमा विर्को लागेसी’ ।
थन्क्याउने खेल भा छ रे
लुर विनाको राजनीति गर्दै आएका वाल्वाटारे काजीले मौखिक बरिष्ठ नेताको पगरी गुथाईदिएका, लेखन्तमा जहिल्यै उत्तानोचित्त पर्ने योग भएका
रामचन्द्रे बाजेले भन्या मलाई थन्क्याउने खेल भइरहेको छ । योचाहिँ कुरा बाजेले राम्रोसँग बुझेका रै’छन् । हुन त बाजेले बुद्धी जान्ने हो भने आफै थन्किएको
राम्रो । पार्टीमा कस्ता कस्ता सवाशेरहरु जन्मिसकेका छन् लुरे बाजेलाई कस्ले ला खा भनेर दिने ? कहिले पार्टीमा रुपान्तरणको नाममा कंकलो स्वर गरेर चिच्यायो, कहिले राष्ट्रपतिको पासा फाल्ने वित्तिकै लम्पसार पर्न पुग्यो । बाजेका झेलले अब साह«ै काम गर्ला जस्तो छैन । अरुले थन्क्याइ दिनुभन्दा अगडि आफै थन्किए राम्रो है बाजे कमसेकम बँचेखुँचेको इज्जत त छोपिन्छ ।
आफ्नैले देछन् दनक
अब माकुने र प्रचण्डाउको सुरक्षे नेपाली काँग्रेसका कार्जेकर्ताले गर्नुपर्ने भएको छ । गठबन्धनका मुखियाले अस्तिका दिन उर्दी जारी गरिसके तीनै तहको निर्वाचनमा माकुन्याउ, प्रचण्डाउ, उपिन्दर जादवसँग गठबन्धन गरेर जानुपर्छ । राजनीति वंश नै नाश हुने अवस्थामा पुगेका माकुने र प्रचण्डाउको अनुहारमा मुखियाको उर्दीले खुशीको रक्तसञ्चार भएको छ । यसै मेसोमा धाइफल तोडेर आफ्ना कार्जेकर्तालाई मतपत्र चपाएर भएपनि निर्वाचन जित्नुपर्छ भनी प्रशिक्षण दिन सुर्खेत पुगेका प्रचण्डाउलाई आफ्नै काजेकर्ताले दनक दिएछन् । आफ्नै कार्जेकर्ताबाट असुरक्षित भए विचरा अब कहाँ जाउन ? कस्ले तिन्को सुरक्षे गर्ला ? आफ्नैले दनक दिएसी वातै खलास भइगयो नि ।

भाते संगठनका कार्जेकर्ता कहा“ गए ?
पाँच दलीय माने पञ्चधातुको सरकारले नेपाली जन्तालाइ महँगीको उपहार देकोद्यै छ । पेट्रोलको मूल्य एक महिनामा चार पटक बढ्यो, दैनिक उपभोग्य समान छोइसक्नु छैन । पहिला पहिला महंगी बढ्दा राजनैतिक पार्र्टीका भाते संगठनवादीहरु बडो तोडतोडका साथ सडकमा निस्कन्थे । कानै फुट्लाजस्तो गरेर नारा लगाउँथे, बजार पसल यातायात, शिक्षण संस्था बन्द गर्थे । सडकमा टायर बाल्थे, मसाल जुलुस निकाल्थे । आजकल के भा’को होला ? कुनै पनि राजनैतिक पार्टीका भाते संगठनहरु सडकमा आउँदैनन् । नारा लगाउन र टायर बाल्न तिन्ले बिर्सेछन् । हिजो त्यसरी नारा जुलुस गर्ने भाते संगठनका कार्जेकर्ता पञ्चधातु पाटीकै थे रै’छन । अब आज आफ्नै ख्वामीहरु सत्तामा छन् । नारा जुलुस पनि त गर्नु भएन । महँगी बढोस् कि जेसुकै होस् । भाँडमा जाओस कि कसो हौ ?
राम्रो नतिजा ल्याउछ रे
अवसर परस्त, राजेन्द्र लिंगदेनसँगको कुस्तीमा लगौटी समेत खुस्किएर लाज छोप्न नसकेर मैदानबाट भागेका कमलेले भन्या आउने स्थानीय निर्वाचनमा राप्रपा नेपालले राम्रो नतिजा ल्याउछ रे । तिन्को नाम सुन्दा नि देशभरिकालाई उकुसमुकुस भएर हिक्क हिक्क हुँदै वान्ता आउँछ चुनाउ अगाडि त राप्रपा नेपालले राम्रो नतिजा ल्याउछ तर चुनावपछि कमले काजीको हालत के होला । चुनाउ हारेपछि पार्टी छोडने कमले मुसा प्रवृत्ति कस्ले पो बुझ्या छैन र हुन त कमले, प्रचणउ, माकुन्यालाइ एउटै फोवियाले गाँजेको छ । यिन्ले हारेपनि जीवनभरि अध्येक्षे हुनैपर्ने । चुनाउपछि लाज ढाक्ने कछाडचाहिँ अहिल्यै खरिद गरेर राखे राम्रो । घण्टाघरले सुझाउ द्या हो, माने मान नमाने लुतो न कन्याई ।
लाज ढाक्ने टालो
यतिबेला एमसिसीको व्याख्यात्मक टिप्पणी नामको ब्राण्डेड लगौटी सबै भन्दा बढी उपयोगी माकुने र प्रचण्डाउलाई भएको छ । विचराहरु त्यही कात्रो बेरेर यतिबेला हिँड्न थाल्या छन् । राप्रपाको अध्येक्षे राजेन्द्र लिंगदेनले ठीकै भन्या रै’छन व्याख्यात्मक टिप्पणी लाज ढाक्ने टालोमात्रै हो । हैन हौ कार्जैकर्ता र जनतालाई कतिसम्म बेकुव बनाउन सक्या होलान् ? हुन त सधै अरुलाई बेकुव बनाएर खित्का छाड्नेहश्र बजारिएपछि उठ्नै नसक्ने गरी बजारिन्छन् । सत्ताबाट हँट्नुपर्ला भन्ने त्रासले व्याख्यात्मक टिप्पणी
गरेर कुनचाहिँ हरिलठ्ठक मनुवालाइ थाहा छैन र ?
अन्तेमा
अब स्थानीय तहको निर्वाचन आउन धेरै समय छैन । वैसाख ३० पछि दलका हैसियत सबैलाई थाहा हुन्छ । निर्वाचन आयोगले निर्वाचन सुरक्षाकालागि २ लाख म्यादी प्रहरी भर्ना गर्देछ । गज्जबको करा के छ भने म्यादी प्रहरीमा भर्ना हुन विए, एमए पास गरेकाहरु दौडन थाल्याछन् । औठाछाप, दुई चार कक्षा पास गरेकाहरु निर्वाचनमा उभेद्वार बन्दैछन् । म्यादी प्रहरी हुनुपर्ने निर्वाचन लड्ने निर्वाचन लड्नेचाहिँ म्यादी प्रहरी हुनुपर्ने हो । औंठा छापले शासन गर्ने भएपछि मुलुक फइøयाँ उँभो लाग्छ ?
