अर्नामा सवारी ठोकिँदा आठ घाइते

इनरुवा । कोशी वन्यजन्तु आरक्षणबाट निस्किएको अर्नासँग ठोक्किएर मोटरसाइकल र टेम्पो दुर्घटना हुँदा दुवै सवारी साधनका गरी आठजना घाइते भएका छन् ।
सुनसरीको लौकही भाण्टाबारी सडक खण्डको कोशी गाउँपालिका वडा नं. ४ जुद्धगञ्ज चौकमा आइतबार राति उक्त दुर्घटना भएको थियो । इलाका प्रहरी कायालय भाण्टाबारीका अनुसार आरक्षबाट निस्किएको अर्ना सडक पार गर्दै गर्दा पूर्वबाट पश्चिम जाँदै गरेको स ३ प ८११४ नम्बरको मोटरसाइकल ठोकिएपछि सोही दिशाबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं. १–०३–००१५ ह ९३३८ नम्मरको टेम्पो समेत मोटरसाइकलमा ठोकिन पुगेको थियो ।


दुर्घटनामा मोटर साइकल चालक १८ बर्षीय रुपेशकुमार मण्डल, सप्तरी राजविराज घर भएका अटो चालक ३६ बर्षीय सुरेकुमार यादव, अटोमा सवार १० बर्षीय धुरुप मण्डल, १९ बर्षीय जयकरण मण्डल, २० बर्षीय ओमप्रकाश मण्डल, २१ बर्षीय प्रतोश मण्डल, १८ बर्षीय शैलेश मण्डल र २२ बर्षीय
राजेन्द्र मण्डल घाइते भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरुलाई उपचारार्थ धरानस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया