धरान । धरान खाने धरानमा राम्ररी पानी वितरण गर्न नसक्दा धरानको खानेपानीको समस्या जस्ताको तस्तै छ । धरानमा दीर्घकालीन खानेपानी समस्या भने समाधान हुन सकेको छैन ।
समयमै आयोजना समयमै सम्पन्न नहुनु र सम्पन्न भइसकेपछि पनि नेपाल खानेपानी संस्थानलाई मर्च गरेर धरान खानेपानी बोर्ड गठन भएपनि बर्षौदेखि धराने जनताहरुले खानपानीको समस्या ज्युका त्यू
छ ।
नेपाल खानेपानी संस्थान धरानले वितरण गरेको पानी अन्य समय भन्दा सुख्खा मौसममा अभाव झेल्द आएपछि एकीकृत सहरी विकास आयोजना अन्तर्गत एडिवीको ऋण तथा अनुदानमा आयोजना सम्पन्न भएको खानेपानी परियोजनाले समेत खानेपानी खुवाउन सकेको छैन । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई धरान खानेपानी बार्डको अध्यक्ष भएपनि धरानमा विविध कारणले खानेपानी खुवाउन नसकेको स्वीकार्नुहुन्छ ।

बर्षेनी धरानमा खानेपानीको हाहाकार भएपछि नेपाल सरकार तथा एसियाली बैंकबाट ५० प्रतिशत अनुदान, नगर विकास कोषबाट ३५ प्रतिशत ऋण तथा धरान उपमहानगरपालिकाबाट १५ प्रतिशत लगानीमा खानेपानी परियाजना शुरु गरियो । करिब २ अर्ब १६ करोड लगानीमा सम्पन्न परियोजनाले पनि खानेपानीको समस्या समधान हुन सकेको छन । यसको प्रमुख पानी ल्याउने स्रोतको पहिचान राम्रोसंग नहुनु र धरानको जनसंख्या दिनप्रतिदिन बढ्दै जानुले पनि समस्या चुलिएको नगरप्रमुख राई बताउनुहुन्छ ।
खानेपानीका लागि सुख्खा मौसममा अहिल पनि छटपटाउने गर्छन् । विगतमा नेपाल खानेपानी संस्थानले अभावको बेलामा ट्यांकरमार्फत खानेपानी वितरण गर्दा गथ्यो तर धरान उपमहानगरपालिकाले भने त्यो पनि गर्न सकेको छैन । यस विषयमा विगतमा खानेपानी संस्थानको सहयोगका बाबजुद उसले प्रयोग गर्ने खानेपानी ट्याकर बोर्डलाई हस्तान्नरण नगरेका कारण यो समस्या आएको बताउदै ट्यांकर व्यवस्थापन नगरपालिकाले चाडै गनेृ बताउनुभयो ।
०७१ मा सम्झौता भएर ०७२ अषाढ ३० गतेदेखिदेखि शुरु भएको आयोजना ०७४ आषाढ २३ गते सक्ने सम्झौता भएपनि परियोजना समयमै पूरा भएन । प्रतिदिन १ करोड ५२ लाख पानी उत्पादन गर्नुपर्ने सम्झौता भएको र त्यो अनुसार पानी उत्पादन गरिएको दाबी गरेपनि अहिले त्यति पानी उत्पादन गर्न सकेको छैन ।
धरानमा दैनिक ३ करोड लिटर पानीको आवश्यकता रहे पनि सुख्खा मौसममा आधामात्र पानी उत्पादन हुने गर्छ ।
