घण्टाघरबाट हेर्दा

लिसो माकुने प्रचण्ड
अम्रिका साम्राज्यवादी अनि भारत विस्तारवादी सुगा रटानको स्कुलिङबाट आएका माकुने प्रचण्डको अहिले मुखुण्डो उघ्रिएको छ । एमसिसी कुनै हालतमा पास गर्दिनम भनेर कार्जैकर्तालाई सडक म्याराथनमा दौडाए । आफैले हस्ताक्षर गरेर अम्रिकासँग माग्ने अनि, संसदाँ टेवुल गर्न दिने, फेरि गर्दिनम भन्दै डुक्रिन थालेसी वाल्वाटारे काजीले खप्रओतिर हात मिलाउन थालेपछि विचराहरुको अपानवायु नै बन्द भएछ । एमसिसी पास नगर्ने भएसी सत्ताबाट हँट्न वाल्वाटारे काजीले मुखै फोरेर थर्काएसी विचराहरु कुत्तीले पुच्छर टाङमुनि छिराएर पास गर्न लम्पसासार भए । बरु एमसिसी पास गर्ने तर सत्ता नछोड्ने बाउँ । माकुने प्रचण्डको राष्ट्रवाद । अस्तिका दिन तिन्ले पुरक प्रस्तावको नाममा एमसिसी पास ग¥या छन् । हैन हौ आफ्नै कार्यकर्तालाई त यतिविधि बेवकुफ बनाउन सक्छन् भने अर्थोकको खै के कुरो गर्नु र चाहे पुरक प्रस्ताव होस् या अपुरक प्रस्ताव होस । सत्ताको लोभमा तिन्ले एमसिसी पास ग¥या छन् । अब कार्जेकर्ताले तिनको तालुमा तवेला बजाउँलाछन् कि बजाउँदैनन् होला ?


नेपालै सिध्याउछन् रे
वाल्वाटारे काजीले अस्तिका दिन खप्रओतिर हात मिलाउँदा ताइन तुइको एकीकृत समाजवादी पार्टीका अध्यक्षे माकुनेलाई रातको निन्द्र दिनको भोक नै हराएको थियो । बेला न कुवेला एक्लै बर्बराउन थाल्या थिए । लाँग्रेसको बुई चढेर सत्ताको मडाई गदै आएका माकुनेलाई सबैभन्दा ठूलो चिन्ता खप्रओ र काँग्रेस मिल्यो भने आफूलाई रछ्यानमा पुग्छु भन्ने नै थियो । खप्रओ सत्तामा फर्किए भने नेपालै सिध्याउँछन् भनेर ठाउँ ठाउँमा विचाराले ¥याप हान्न थाल्या थिए । खप्रओ सत्तामा फर्केका भए नेपाल देशचाहिँ होइन माधव नेपालचाहिँ सिध्याउँथे । माकुनेको लागि यतिबेला खप्रओ भन्या हाउँगुजी भा’छन् । लाँग्रेसको आड भरोरामा हाउँगुजीबाट जोखिदै आएका छन् । तर धर्रै दिन जागिएलान् जस्तो छैन । वैसाख ३० गते पछि त उही हामी यता छम भनेर छातीमा पम्प्लेट टाँसर सकडमा बस्लान् जस्तो छ ।
धुन्धुकारी छिरेपछि सत्यनाश
उपिन्दर जादवको जसपाभित्र छिरेको गुइठे कीरा आच्या धुन्धुकारी मनुवाले पार्टी फोड्ने लगभग निश्चित भएको छ । प्रचण्डाउ कमलाउ र बाउराम एउटै ड्याङका मुलि न परे । यी गुइँठे कीरा जहाँ छि¥यो त्यसको विभाजन निश्चित छ । कुनै पार्टीले बाउरामलाई ठाम नदिएसी जादवले दया गरेर हुल्या थिए । अब अहिले विचरालाई सौता हुलेजस्तो भा’छ । कहिले जनमोर्चा, कहिले माउवादी, कहिले नयाँ शक्ति हुँदै अन्तेमा जसपामा छि¥या थिए । बनाउने भन्दा नि विगार्न पोख्त बाउरामले अस्तिका दिन कार्यकारिणी समितिको बैठकै बोलाएर जसपा फुटाउने संकेत गरेछन् । अब कालु भाई माने उपिन्दर जादव के गर्लान् ? पक्कै पनि पर्पुरोमा हात राखेर एकोहोरिएका होलान् ।
नेपालै बन्द गर्दिने रे
हाम्रा देशका राजनैतिक पार्टीका नेताहरु कम्ता ट्यालेन्ट छैनन् । हुँदा हुँदा यो ट्यालेन्टका भीडमा नेकपा मा’ सचिव नेत्रविक्रम चन्द पनि थपिएका छन् । अस्तिका दिन तिन्ले भन्या कुरो सम्झिदा घण्टाघरलाई खित्का छोडेर हास्न मन लाग्यो । बातै त्यस्तै गरेसी’ घण्टाघर मात्र होइन जो कोही पेट मिचीमिची हाँस्दा हुन् । अब हेरम न विप्लवले भन्या रसियाले युक्रेनमाथि आक्रमण नरोके नेपाल बन्द गर्दिने रे । बडो बहादुरी गफ हान्देछन् विप्लवले । नेपाल बन्द गर्देर रसियाको न भुत्लो झर्नेै हो न उम्रने हो । कुनै साइनो नै नभएको कुरोमा वित्थामा किन बकबक ग¥या होलान् ? ल्हासामा सुन छ कान मेरो बुच्चै भनेर बूढी फत्काए जस्तै । नपाल बन्द गरेर रसियाले युक्रेनमाथि आक्रमण रोक्ने हो र ? बात करता है ?
साथीभाइको सातै गएछ
झालेमालेका अध्येक्षे खप्रओ कहिलेकाँही त गज्जबको गफ दिन्छन् । अब हेरम न अस्तिका दिन तिन्ले काँग्रेसले हामीसँग एमसिसीपास गराउन हिमचिम बढाएपछि साथीभाईहरुको सातै गएछ
रे । कुरो त सोह«ैआना सत्य हो । देउवालाई खप्रओको भूत देखाएर ब्लाकमेलिङ्ग गरेर यसो ८÷१० महिना सत्तामा टाँस्सिरहने सपना देख्या माकुने र प्रचण्डको सातैमात्र गा’थेन विचराहरुको अपानवायु नै बन्द भाथ्यो । सत्तामा टाँसिरहन पाए यसो फाइफुई बढ्ने, बस्न नपाए ती दुइको हालत कौन पुछे खेसरीके दाल । खेसरीको दाल हुन तिन्लाई मनले मानेन । जेहोस् खप्रओ बालाई चाहिँ मान्नैपर्छ ।
झल्लाझलुको बोल्ती बन्द
एमसिसी कुनैपनि हालतमा पास गर्नुहुँदैन त्यो राष्ट्रघाती सम्झौता हो भन्दै गर्दन फुलाएर बोल्दै आएका ७० करोडे सर्पनाथ आच्या झललाभलुको आइतबारदेखि एकाएक वाक्य बसेको छ । हामी कुनैपनि हालतमा एमसिसी पास गर्दिनम्, बरु सत्ता छोड्छौ भनेर गोडाचारेक दिन तिन्ले कम्ता भुकेका होइनन् । घण्टाघघरलाई नि झलुले केही गर्लान् कि जस्तो लाग्या यो । लास्टाँ उही पानीमा छोडेको अपानवायु । न तिनको भुकाई काम लाग्यो ? न तिनले सत्ता छोडे । देशा यस्ता हावा नेता भएसी फुइøयाँ मुुलुक उँभो लाग्छ ? तिन्ले नि यसो भाग शान्ति पाए जस्तो छ ।
लैवरी पौड्यालको आरोप
नेप्लिज लाँग्रेसका तेस्रो लिंगी नेता माने मर्दको बोली न जननको बोली एका रामचन्दे बाजेले अस्तिका दिन भन्या कम्युनिस्टहरुले चीनको इसारामा एमसिसीको विरोध ग¥या हुन् रे । बाजे बुझ्न त बुझ्छन् तर अलि ढिलो बुझ्छन् । लाँग्रेसभित्रको सुस्ता नेता न परे । जीवनभरि पदकालागि दौडेको दोड्यै गरे । जति दौडिए नि लास्टाँ चिल्ली हाल्ने । चीनको दबाबमा नेपालका कम्युनिस्टहरुले एमसिसीको विरोध ग¥या कस्लाई थाहा छैन । चिनियाँ राजदुत याङ्गछी लुसुक लुुसुक कम्युनिस्ट नेताका घरमा गा’को बुढालाई कसैले सुइँकै दिएनछन् । जे होस ढिलै भए नि बूढाले कुरा बेझे सिद्धिगो ।
अन्तेमा
यतिबेला सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरुले धमाधम जागिर छोड्न थाल्या छन् । जागिर पाउन नेपालँ पहाडै फोड्नुपर्छ तर शिक्षकरुलचाहिँ भटाघट छोड्दै छन् । जागिर छोड्नुको गुह्य कुरो त अर्कै रै’छ । निर्वाचन नजिक आउँदै छ । निर्वाचन आयोगले जागिरेहरुले चुनाउ लड्न नपाउने व्यवस्था गरेपछि शिक्षकहरुले राजीनामा दिन थाल्या रे । ठीकै गरे जाबो शिक्षकको जागिरबाट के हुन्छ ? निर्वाचनमा अध्यक्ष, मेयर, वडा अध्येक्षे जितेमा मालामाल । जीवनभरि कमाउन नसकेको पाँच बर्षमा ड्याम्म कमाउन पाइने भएपछि बातै खलास । आखिरी आकर्षण त राजनीतिमा जो छ ।

तपाईको प्रतिक्रिया