नेपाली सिने जगतका नायक शाहलाई सुनियोजित रुपमा फँसाउने षड्यन्त्र ?

धरान । केही दिनदेखि नेपालका सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यमहरुमा नेपाली सिने जगतका चर्चित नायक पल शाह र गायिका समीक्षा अधिकारीका विषयलाई लिएर अनेकखाले चर्चा परिचर्चाले स्थान पाएको छ ।
हन त सिने क्षेत्रमा हुने स्क्यान्डल नेपालमामात्र नभएर अन्य देशहरुमा समेत बेलाबखत चर्चाको विषय हुने गरेको छ । केही सञ्चारमाध्यमहरुले नायक शाहलाई गायिका अधिकारीसँग नाम जोडेर एकतर्फी विवादमा ल्याउने काम गरेका छन् ।


गायिकका अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहँुमा फागुन ११ गते नायक शाहले एक बर्ष अगाडि मादक पदार्थ सेवन गराई बलात्कार गरेको उजुरी दिएकी छन् । उनले शाह विरुद्ध किटनी जाहेरी दिएपछि शाह आफै प्रहरी कार्यालय पुगी प्रहरीलाई अनुसन्धान गर्न सहज होस् भनी गिराÏतारी दिएका छन् । प्रहरीले अनुन्धानका लागि जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद समेत थप गरिसकेको छ । घट्ना भएकै थियो भने गायिका अधिकारीले एक बर्षसम्म किन
उजुरी दिइनन् ? एक बर्षपछि उजुरी दिनुको रहस्य के हो ? पल शाहका वकिलहरुको तर्क छ एक बर्षसम्म गायिका अधिकारी र तिनका परिवारले शाहसँग वार्गेनिङ्ग गरेर लाभ लिए । अब लाभ लिन नसकिने भएपछि प्रहरीमा उजुरी दिएका हुन् । दुवैसँग विगतमा जोडिएका अडियो समेत परिवारले र्साजनिक गरेर भाइरल बनाउने काम गरिरहेका छन् ।
पल शाहको पछिल्लो चलतित्र म यस्तो गीत गाउँछु २ फागुन १३ गते देखि प्रदर्शनमा आएको छ । जसले दुई दिनमा डेढ करोड भन्दा बढी व्यापार गरेको छ । शाहले सामाजिक सञ्जालमा लेखेका छन् मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै व्यवहार मिलाउनु परेको र मेरो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म समयमै प्रहरी सामू उपस्थित हुन नसकेकोमा माफी चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै (आइतबार) नेपाल प्र्रहरी सामु म आफै उपस्थित हुन्छु । पल साहले गिराफ्तारी दिएपछि उनका देशभरिका Ïयानहरु आन्दोलित भएका छन् । उनीहरुले घट्नालाई सुनियोजित र शाहलाई बद्नाम गराउने षड्यन्त्र भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया