मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–१९ बिराटचोकमा संचालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित
प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरेसंगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् ।

दुईवटा मेडिकलबाट चिकित्सकको अनुमतति बिना अबैध रुपमा महङगो मुल्यमा लागुऔषध दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी अनाधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको च्क्ष्त् समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेडिकल संचालक सुन्दरहरैचा नगरपालिका–१० का ४५ बर्षीय शुसिल काफ्ले र उनको श्रीमती ३२ बर्षीया गोमा कार्की तथा सेवन कर्ताहरु सुन्दरहरैचा–१ का २३ बर्षीय सनम खवास, सुन्दरहरैचा–१० का ३० बर्षीय अरुण राई, ३५ बर्षीय सनम तामाङ , सुन्दरहरैचा–९ का २४ बर्षीय सुवास राई, २२ बर्षीय जुसन सुनाम, ३१ बर्षीय निमेस परियार र ३४ बर्षीय अनुप खड्का रहेका छन् । उक्त दुईवटा मेडिकलबाट प्रहरीले चक्की बरामद गरेको छ । यसरी अनाधीकृत रुपमा दुव्र्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी बिक्री वितरण गर्ने दुबै मेडिकल संचालकलाई ठूलो परिणामको औषधीहरु सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
