घण्टाघरबाट हेर्दा

प्रचण्डलाई बोक्यो कि लुतो आयो
नेपालमा प्रचण्डाउ जस्ता लुत्याहा नेता अन्त कहीँ पाइँदैन
होला । तिन्लाई जस्ले बोक्यो त्यसलाई लुतो निस्केर चिलाउनेले भेट्टायो भने बुझेहुन्छ । पहिला पहिला आफ्नै दलभित्रकालाई लुतो सार्र्देर विचराहरु बस्नै नसक्ने भएपछि कन्याउँदै हिडेका थिए । खप्रओले गतिलै मान्छे भेटे भनरे दैलो खोलेर घरभित्र हुलेका थिए लास्टाँ ओलीलाई चिलाउनेले भेटेर उत्पात । प्रचण्डाउको सम्पर्कमा जो पुग्यो त्यसलाई चिलाउनेले छोयो भने बुझे हुन्छ । यतिबेला चिलाउने रोगले पर्धानमन्तरी शेरबहादुर देउवालाई पनि छोएका छ । विचरा एमसिसी पास गरम भनेर चिच्याएका चिच्यायै छन् । प्रचण्डाउचाहिँ आफ्ना नन्दीभृंगीहरुलाइ सडकमा उफारेका उफारेकै छन् । एकातिर सत्तामा बसेर माल पनि बजाउने अर्कोतिर एमसिसीको विरुद्धमा आफ्ना नन्दीभृंगीहरुलाई सडकमा पनि उफार्ने । काउछो बोकेर कन्याएर बस्नु भन्दा काउछो फालेकै राम्रो ।
पा“च घण्टा बोल्न मन पर्छ रे


माकुन्याको खै के जति दल हो कुन्नि ? त्यही दलका ताइ न तुइका बरिष्ठ नेता भैटोपलेका सर्पनाथ आच्या झल्लाझलुले अस्तिका दिन भन्या एमसिसी राष्ट्रघाती छ मलाई संसदमा पाँचण्टा बोल्न मन छ । सर्पनाथले बोल्नु र नबोल्नुको तुकै केही छैन । सर्प पाल्न राज्येकोषबाट ७० करोड डकारेका सर्पनाथ माकुनेको आरौटे त हुन । हुन त झलुलाई संसदमा पाँचघण्टा होइन दश घण्टा नै बोल्न दिनुपर्छ । विचरा फेरि सांसद बन्ने हैनन् । झालेमालेबाट चुनाउ जितेर माकुनेको पछि लाग्ने झलुलाई अब कस्ले भोट दिएर सांसद बनाउला ? विचराको पाँच घण्टा बोल्ने रहर पूरा गर्न दिए वेश ।
सरकार छोड्नु हु“दैन
माकुनेको कोटाबाट मन्त्री भा’काहरुले अन्तमा माकुनेलाई वाई वाई गर्लान् जस्तो पो देखियो । कहीँकतै केही पार नलाग्ने जस्तो देखिएपछि उग्र राष्ट्रवादी भएर देखा परेका पुतली जुँगे माकुनेले अस्तिका दिन पर्धानमन्तरी वाल्वाटारे काजीलाई सरकार छाडने सम्मको घुर्की लगाएछन् । माकुनेको घुर्कीपछि कोटामा मन्तरी भएकाहरुको निन्द्रा गायव भएको छ । त्यही मन्तरी खान माकुनेको पछि लागेकाहरु न वल्लो घाट न पल्लोतिरको भइने त्रासले छटपटाउन थाल्या छन् । असितका दिन तिनीहरुले माकुनेलाई मुख फोरेरै भन्देछन् अर्थोक जेसुकै होस् सरकारचाहिँ छाड्नु हुँदैन । तिन्का वात सुनेसी’ यतिबेला माकुने नराम्रोसँग झस्केका छन् । झालमालेबाट चोरचार पारेर ल्याएका सांसदहरुले मन्त्री नपाए लगौटी खोलेर बाटो लाग्लान् भन्ने त्रासले माकुनेलाइ चिन्तामा पारेको छ । हुन त जैसा करनी वैसा भरती भन्ने भारु उखानै छ ।
कन्दनी कसेर लागे बाबुराम
जहाँ छि¥यो त्यही उपद्रो मच्चाएर छिन्नभिन्न बनाउने धुन्धुकारी बाउरामले उपिन्द्र यादवको पार्टी फुटाउन कन्दनी कसेर लाग्या देखेर घण्टाघर रमाइलो मान्न थाल्या छ । नक्कली पिएचडी हो भन्ने जान्दाजान्दै जादवले मादल बजाएर अविर जात्रा गरेर बाउरामलाई हुल्या थिए । सधै विनासको बाटोमा हिडया मान्छेले मेरो हित गर्छ भनेर सोच्नु उपिन्दरको भूल थियो । जनता समाजवादी पार्टीमा बाउरामलाई हुल्दा के के न लछारपाटो लाग्ला भन्ने सोच्या थे उपिन्दरले । अब टाउकोमा हात लगाएर बस्नु पर्ला जस्तो छ । लाँग्रेसको निगहाले सांसदसम्म बन्न पाएका बाउरामलाइ उपिन्दरले पार्टीमा हुल्दा आफ्नै जातभाईहरुको पिँधमा जोर लात्ती बजारेका थिए । अब बाउरामले उपिन्दरका पिँधमा जोर लात्ती बजाएर घर न घाटका बनाइ दिए भने नौलो नमाने हुन्छ । कि कसो हौ ? आखिरी नक्कली पिएचडी पनि कमल थापा प्रवृत्तिका न परे ।
लाल का“ग्रेस
हाम्रा निेन्द्र रिजाल ब्रो पनि कहिलेकाही खाट्टी कुरा गर्छन् । अस्तिका दिन तिन्ले भन्या माउवादीले काँग्रेसलाई लाल काँग्रेस बनाउन खोज्दै छ रे । क्या वात † बनाउन खोज्या मात्र होइन अरु केही दिनसँगै टाँसिएर हिडे काँग्रेस लाल काँग्रेस नै बन्छ । प्रचण्डाउको कामै यस्तै हो । लोभले लाभ, लाभले विलाप भन्ने कुरा रिजाल ब्रोलाई थाहै होला । प्रचण्डाउले पहिला पनि अरुलाइ धोका दिँदै आएकै हुन् । धिरेन्द्रमार्फत वार्ता गरेर राजसंस्था मान्छौं भनेर राजालाइ धोका दिएकै हुन । राष्ट्रपति बनाउँछौ भनेर गिरिजालाई थाङ्नामा सुताइदिएकै हो । खप्रओलाई पाँचबर्ष सरकार चलाउनुस् भनेर बीचमै धोका दिएकै हो । एमसिसी पास गर्छु भनेर सरकारमा बसेर देउवलाई धोका दिएकै हो । जनवादी व्यवस्था ल्याउँछु भनेर माओवादी लडाकुलाई धोका दिएकै हो । क्रान्तिकारी र जनवादीका नाममा आफ्नै पार्टीलाई धोका दिएकै हो । अनि तिन्ले काँग्रेसलाई लाल काँग्रेस बनाउनु खैे के अनौठो भयो र ?
तालमेल रे ठूलो…
नेप्लिज लाँग्रेसका तेस्रो लिंगी रामचन्द्रे बाजेले भन्या तालमेल गरेर आफूलाई काँग्रसले ठलो पार्टी बनाउनुर्छ रे । बुढो भएसी’ खुस्कन्छ भन्ने हो रै’छ । हैन हौ ती बुढाले बीचै थुतुनोबाट कसरी त्यस्तो बोल्न सक्या होलान ? हुन त अगुल्टाले हान्या कुकुर विजुली चम्किदा नि तर्सन्छ भन्थे हो रै’छ । आफ्नै निर्वाचन क्षेत्रमा चुनाउन जित्ने ल्याकत नभएसी तालमल गरेर जितौला भन्ने दाउ होला बाजेको । तर कमनिष्ठा भएकाहरुसँग तालमेल गर्दा लाँग्रेस पार्टी नै धरापमा पर्छ भन्ने कुरा बुढाले अझसम्म पो थाहा पाएकै रै’नछन् ।
सहकार्यको सम्भावना नै छैन
आउने सबै निर्वाचनमा माकुने र प्रचण्डाउको हरि विजोगै होला जस्तो छ । काँग्रेसको फुर्को अँठ्याएर यसो दुई चार ठाममा ह्यार्टिक गरम्ला भनेर कुकुरले सिनो छोड्ला कँग्रेसको फुर्को नछोडी बसेका ती दुवै जनालाई काँग्रेसले पनि भ्यागुतो औला देखाउने संकेत गरेपछि विचराहरु पछुवारको खोजीमा लागेका छन् । झालेमालेले त ती दुवैको गन्धै मन नपाराउने भएको छ । झलेमालेका मा’सचिव खै केजाति पोख्रेलले त अस्तिका दिन प्रचण्डाउ र माकुने दुवै अपराधी हुन् ती सँग सहकार्य सम्भवनै नभएको जवाफ दिइसकेका छन् । क्या फसाद † एक्लै चुनाउमा जाम भने जन्ताले पत्याउँदैनन् । सहकार्य गरम अरु दलले घाँस हाल्दैनन् । आव गेले माकुने प्रचण्ड ।
अन्तेमा
आयाराम गयारामहरुको नेपालमा राम्रै खेलो फड्को छ । राप्रपाको नाममा एकलौटी ढलीमली गर्दै आएका कमलेले अस्तिका दिन राप्रपा नेपालको घोषणा गरेर आफू अध्यक्ष भइ टोपलेको सुनाएछन् । गोरुको घोषणासभामा भेडाहरु उपस्थित भएछन् । चुनावम हार्ने अनि लाज पचाएर आफूमाथि षड्यन्त्र भयो भनेर डंका पिट्ने हिन्दुको नाम भँजाएर क्रिश्चियनबाट घैटो भर्ने कमलेका पछि लाग्नेहरु साँच्चै नै भेडै रै’छन् । अब नेपालाँ कुनै पनि राजनैतिक दलले महाधिवशेन गर्नु हुन्न । नत्र कमलेको जस्तै अर्को पार्टी जन्मन्छ । अखिरी राजनीतिक पार्टी भन्या विना लगानीका उद्योग न हुन् कि कसो हौ ?

तपाईको प्रतिक्रिया