यस पटकको स्थानीय निर्वाचनमा म पनि मेयरको आकांक्षी हु–किशोर राई

नेपाली काँग्रेसका प्रभावशाली नेता किशोर राईसँग यसपटक हामीले आगामी वैसाख ३० गते हुने स्थानीय निर्वाचनलाई लिएर संक्षिप्त वार्ता गरेका छौं । प्रस्तुत छन् राईसँग गरिएको वार्ताको सारसंक्षेप :

 आगामी वैसाख ३० गते स्थानीय निकायको निर्वाचनको मिति घोषणा भइसकेको छ । दलहरुको विस्तारै सक्रियता बढ्दै गएको छ । तर पछिल्लो राष्ट्रिय राजनीतिले थोरै अन्यौलता पनि बढ्दै गएको छ । यद्यपि अन्य दलको तुलनामा तपाईको सक्रियता बढिरहेको छ त्यसलाई कसरी लिँदा उचित हुन्छ ?
–समय बलवान हुन्छ । समयमै स्थानीय निकायको निर्वाचन हुनुपर्छ । नेपालको संविधानले स्थानीय निकाय जनप्रतिनिधिविहीन अवस्थाको परिकल्पना गरेको पनि छैन । नेपाली काँग्रेसको धारणा स्थानीय निकायको निर्वाचन हुनुपर्छ भन्ने छ । अहिले मैले सबै वडाहरुमा आफूले प्रतिबद्धता जाहेर गरेको हिजोको पार्टी अधिवेशन हुँदा त्यो काम पूरा गर्न लागिपरेको छु । म जहाँ पुगेपनि भन्ने गरेको छु चुनाव भोलि समयमै हुनुपर्छ र कुनै कारणले चाहे त्यो राष्ट्रिय कारणले नै किन नहोस तलमाथि भयो भने नेपाली काँग्रेसको संगठन नेपाली काँग्रेसको तयारी व्यवस्थित हुनुपर्छ । यस पटक पार्टीको आन्तरिक चुनावमा निवाचित हुनु भएका पदाधिकारीहरु आगामी निर्वाचनलाई लक्षित गरेर हिडिसक्नु भएको छ । अब स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले आफ्ना एजेन्डा सशक्त ढंगले अगाडि बढाउँछ । ती एजेन्डाहरु जनप्रिय, व्यावहारमा देखिने खालको हुनेछ । काँग्रेसको घोषणामा मात्र त्यस्ता एजेन्डा हुने छैनन् ।
 अहिले तपाईको सक्रियता बढेको छ । वडाहरुलाई तपाईले आफ्नै स्रोत साधनले बोर्ड, स्टेशनरी सामाग्री वितरण गरिरहनु भएको छ । कहीँ तारजाली दिइरहनु भएको छ । तपाईको यो सक्रियतालाई कसरी लिने ?
–मैले आफ्नो हिजोको प्रतिबद्धता पूरा गरेको हुँ । म निर्वाचन घोषणा हुनुभन्दा अगाडि पनि काम गदैै आएको हुँ । चुनावको बेलामा मात्र नभएर अधिवेशन भन्दा अगाडि पनि मैले सहयोग गर्दै आएको हुँ । पार्टीको आन्तरिक निर्वाचन भन्दा अगाडि धरानको अरुण टोलमा मेरो जन्म दिनको दिन ३० जना परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरें । यस्तै धरान ८ बरुण टोलमा ५ जना अपांगहरुलाई पंखा वितरण गरें । त्यसबेला असाध्यै गर्मीको बेला थियो ।
धरान ८ कै खहरे साइडको बस्तीमा हिडडुल गर्न अप्ठेरो थियो माथिबाट मान्छे झर्ने अवस्था थियो त्यहाँ ३० हजारमा रेलिङ लगाइदिएँ । सुकुबासी टोलमै बाढीले घर बगाएको अवस्था थियो । मैले व्यक्तिगत रुपमा २० हजार राहत दिएँ । धरान वडा नं. १६ वडा नं. ११ मा ३०÷३० थान, ४०÷४० थान जाली वितरण गरें । अहिले पनि विभिन्न संघ संस्थाहरुलाई आवश्यकता अनुसार आर्थिक सहयोगहरु गर्दै आएको छु । मेरो नेचर अर्थात फेलोसोफी के हो भने हामी जस्ता नेताहरुले जनताको जिम्मेवारी बोकेर जनप्रतिनिधि हुन खोज्ने मान्छेले केही न केही काम गरिरहनु पर्छ । जनताको दुःखलाई, जनताले चाहेको विकासलाई, जनताको समस्यालाई निराकरण गर्नेपट्टि मात्र लाग्नुपर्छ । हामीहरुले उहाँहलाई दिने हो, जनताबाट हामीले लिने होइन । त्यसैले गर्दा पनि मचाहिँ दिने क्रममै छु । अहिले पनि म जसरी हिडिरहेको छु त्यसले पार्टीलाई नै सहयोग पु¥याउँछ । भोलि नेपाली काँग्रेसबाट धरान नगरपालिकाको जो पनि मेयर हुन सक्छन् । म अहिले पार्टीको संगठनलाई अगाडि बढाउने पक्षमा छु । संगठन व्यवस्थित हुनुपर्छ भन्ने मेरो मन्यता छ । त्यसैले वडा समितिहरुले बोर्ड राखेर आफ्ना गतिविधि अगाडि बढाउन् भन्ने चाहन्छु । पार्टी कार्यालयमा विभिन्न प्रशिक्षण हुन्छ, माइनेटिङ गरेर आफ्ना गतिविधि अगाडि बढाउँदा राम्रो हुन्छ । यो मेरो व्यक्तिगत, नितान्त स्वार्थ होइन । मैले नेपाली काँग्रसको संगठन बलियो भएको हेर्न चाहेको हुँ । भोलि धरान उपमहानगर पालिकामा मेयर जो आउँछ त्यसले सबै धराने जनताको मन छुन सकोस् भन्ने मेरो चाहना हो । सबै धराने जनताको मेयर बन्ने व्यक्ति हुनुपर्छ । काँग्रेसबाट आउदा वा अन्य दलबाटै आए भने पनि त्यो धराने जनताको मेयर होस् । आवश्यक अनुसारको मेयर हुनुपर्छ । जब म मेयर बन्छु अनि काम गर्छु भन्ने धराने जनताले चाहेका छैनन् । काम गर्ने मान्छेले अगाडिदेखि नै गर्नुपर्छ । यसैकालागि मैले धराने जनताका बीचमा विश्वासको वातावरण बनाउन खोजेको हँु ।
 तपाई वैसाख ३० गते हुने धरान उपमहानगर पालिकाको निर्वाचनमा मेयरको आकांक्षी हो कि होइन ?
–म आकांक्षी नुहने कुरै भएन । म धरान उपमहानर पालिकामा वडा अध्यक्ष हुँदा, दलीय संयन्त्र हुँदा मैले गरेको कामको धराने जनताले मूल्यांकन गर्नुभएको छ । त्यसबेला २२ वटा दलले मलाई संयोजक बनाएका थिए । त्यसबेला स्थानीय निकायमा जनप्रतिनिधि थिएनन् । निर्वाचन हुन सक्ने अवस्था पनि थिएन । त्यो बेला मैले धरान नगरपालिका हाँक्दा धेरै ठूला ठूला समस्या थिए । खानेपानीको समस्या, सुकुम्बासीको समस्या, राजनैतिक अन्यौलता थियो । २२ दलले मलाई अध्यक्षको जिम्मेवारी सुम्पेको थियो । मैले सबैसँग छलफल गरी नगरपालिकामा आएका स्रोत साधनलाई उचित परिचालन
गराएको थिएँ । त्यसैले पनि मैले एक कार्यकाल अर्थात पाँच बर्षको समय धरान नगरपालिकाको नेतृत्व गर्ने इच्छा मैले राखेको छु । मैले धरान उपमहानगरपालिकाको नेतृत्व गर्न पाएँ भने धरानलाई नमूना उपमहानगरपालिका बनाउँछु । विकासको नयाँ प्रविधि, जनतासँगको सामिप्यता नगरपालिका र जनता जोडिने कुरालाइ अगाडि बढाउछु ।
 तपाईले आफ्नै स्रोत साधनबाट संगठन विस्तारमा चौवीसै घण्टा हिड्दा पनि नेतृत्वले जहिल्यै पनि उपेक्षा गरेको जस्तो लाग्दैन ?
–कहिलेकाही नलाग्ने होइन लाग्नु स्वभाविकक हो । तर कतिपय प्राविधिक कुराले गर्दा पार्टीभित्रको निर्णय मान्नुपर्छ । मैले त्यो मोनेको मात्र हो । मलाई भन्दा पनि धरानका स्थानीय बासिन्दा, काँग्रेसका कार्यकर्तालाइ धेरै दुःख लागेको मैले महसुस गरेको छु । अहिले काँग्रेसका कार्यकर्तालाई मात्र नभएर अन्य पार्टीका कार्यकर्तालाई पनि दुःख लाग्ने गरेको मैले सुनेको छु । किशोेर राईजस्तो मान्छे धरान उपमहानगरपालिकाको मेयर हुनुपर्छ भन्ने उहाँहरुको मान्यता रहेको छ । हामीले सबैलाई टेष्ट गरिसक्यौ, किशोर राई जस्तो मान्छे आयो भने केही हुन्छ भन्नुहुन्छ । काँग्रेस भन्दा बाहिरका पार्टीका मान्छेले यस्तो अपेक्षा गरेका छन् । त्यो पनि मेरा लागि ऊर्जाको विषय बन्ने गरेको छ । मैले राजनीति गरिरहेको छु । यद्यपि मैले पद नपाए पनि । मैले जे गरिरहेको छु मलाई सन्तुष्टि नै प्राप्त भइरहेको छ । अरुले
मेरो मूल्यांकन गरिदिए जस्तो लाग्छ । यसपटक पार्टीले यहाँका पार्टीकै नेता, वडाध्यक्ष नगर समिति, क्षेत्रीय समिति, प्रदेश समितिले म प्रति न्याय गर्नुहुन्छ भन्ने विश्वास छ । वर्तमान मेयरलाई पनि दुई पटक मेयरको प्रत्यासी बनाएकै हो । यसपटक मलाई अवसर दिनुहोला भन्ने पूर्ण विश्वास छ ।
तपाईलाई जहिल्यै पनि अन्तिम घडीमा आएर धोका भएको देखिन्छ किन होला ?
–हैन त्यो त अब पार्टीभित्र मैले पनि विश्वास गरेको मेरा नेता मिन विश्वकर्माले मेरो लागि गरेकै हो । तर अब पार्टी सभापतिले ठीक छ किशोर गो अहेड भन्नु भएको छ । प्रतिष्पर्धामा पार्टीको संरचना, यहाँको नेतृत्वमा परिपक्वता नभएकै कारण ममाथि अन्याय भएकै हो । मेरो ९९ प्रतिशत हुँदा र १ प्रतिशत मात्र अहिलेका मेयरको सम्भावना हुँदा बाजी उहाँले नै मार्नुभयो । त्यसले गर्दा त्यो बेलामा जे भयो नेताहरुले अहिले महसुस गर्नुभएको छ । किशोरमाथि अन्याय भएको छ अन्याय हुन अब दिँदनौं भन्नु भएको छ । उसले संगठन राम्रो गरेको, विकासको भिजन राम्रो छ, प्रत्यक्ष अन द स्पोटमा बसेर काम गर्न सक्छ, व्यवहारिक छ भन्ने कुराहरु आएको छ । त्यसैले यस पटक अन्तिममा आएर धोका नहोला । यसपटक सुखमय जिम्मेवारी प्राप्त हुने कुरामा मैले अपेक्षा गरेको छु ।

नेपाली काँग्रेसका पूर्व नगर सभापति राईद्वारा वडा कार्य समितिहरुलाई बोर्डसँगै अन्य सामाग्री वितरण

धरान । नेपाली काँग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति एवम जुझारु युवा नेता किशोर राईले नेपाली काँग्रेसको संगठनलाई चलायमान सुदृढ एवम् सशक्त बनाउने उद्देश्यले नगरभित्रका हरेक वडा समितिलाई पार्टीको बोर्डसँगै आवश्यक स्टेशनरीका सामाग्री वितरणको अभियान सञ्चालन गर्नुभएको छ ।


युवा नेता राईले वडा कार्य समितिहरुलाई कार्यालयको बोर्ड, स्टेशनरी सामाग्रीहरु आफ्नै खर्चमा वितरण गरिरहनु भएको छ । उहाँले धरान उपमहानगरपालिका भित्रका वडा कार्यसमितिहरुलाई मात्र नभएर प्रदेश नं. १ को सुनसरी क्षेत्र नं. १ भरि नै यो अभियानलाई निरन्तता दिने बताउनु भएको छ ।
दुई हप्ता अगाडिबाट शुरु गर्नुभएको यो अभियानमा हालसम्म धरानका २० वडामध्ये १० वटा वडा समेटिसकेका छन् भने क्षेत्र नं. ४ को रामधुनी नगरपालिका, बराहक्षेत्र
नगरपालिका वडा नं. २ र वडा नं. ११ लाई उहाले Ïलेक्स बोर्ड, स्ेशनरी सामाग्री र तत्कालका लागि चाहिने अन्य आवश्यक सामाग्री वितरण गर्नुभएको छ । त्यस क्रममा राईले निर्वाचित वडा अध्यक्ष, वडा सदस्य, क्षेत्रीय प्रतिनिधि निर्वाचित प्रदेश नं. १ का महामन्त्री, नगर सभापति, क्षेत्रीय सभापति, सक्रिय कार्यकर्ताहरुलाई समेत आमन्त्रण गर्ने गर्नुभएको छ
राईको यो अभियानले नेपाली काँग्रेसस धरानको संगठनमा कार्यकर्ताबीचमा उत्साह थपिएकोमात्र नभएर सरकारका प्रवक्ता समेत रहनु भएका सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुनसरी क्षेत्र नं. ४ का कार्यकर्ताहरु समेत उत्साहित भएको नेपाली काँग्रेस बराह नगर समितिका एक कार्य समिति सदस्यले बताए ।

तपाईको प्रतिक्रिया