कटुवा पेस्तोल सहित पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ बर्षीय मुगालाल माझी रहेका छन ।
आइतबार बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा ए थान कटुवा पेस्तोल बरामद गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया