प्रतिवन्धित लागुऔषध सहित पक्राउ

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ स्थितबाट खैरो हिरोईन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा मोरङको सुनवर्षी–१ का २३ बर्षीय बिनोद तामाङ रहेका छन । सोमबारे राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ति टोलीले पैदल यात्री तामाङलाई शंका लागि चेक जाँच गर्दा उनले प्लास्टिकमा पोको पारी शरिरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोईन बरामद भएको प्रहरीले जनाएको छ । प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया