घण्टाघरबाट हेर्दा

कमलेसको चुनाव चिन्ह
यतिबेला राप्रपाबाट अलग भएका कमले चुनाव चिन्हको खोजीमा छन् । चुनाव चिन्हका लागि तिन्ले टेन्डर नै खोलेका छन् । टेन्डरमा कैयौ प्रतिष्पर्धीहरु देखिएका छन् । कसैले कमलेसलाई संगुर चुनाउ चिन्ह ठीक भन्या छन् कसैले कुकुर कसैले विरालो कसैले छेपारो कसैले अण्डा, कसैले बाँदर । अब कमले कुन चुनाव चिन्ह रोज्दा हुन् ? २३ महिना अगाडि ज्यान गए पनि पार्र्टी विभाजन नगर्ने कसम खाएका कमले राप्रपाको अधिवेशनमा झापाको लिंगदेनसँग उत्तानोचित्त भएर पराजित भएसी तिल्मिलाएर बर्बराइरहेका छन् । आजीवन अध्येक्षे खाम्ला, राजसंस्था र हिन्दुको खोल ओढेर माल बजाइरहम्ला भनेर सानो सपना देख्या थिएनन् ? आफ्नै गृह जिल्ला मकवानपुरमा चुनाव जित्ने ल्याकत नभएका कमले यतिबेला झापातिर हान्निएका छन् रे । आफ्ना दुई चार जना आसामीहरुका घरमा छिरेर रोइलो गर्दै छन् रे । तिन्ले नयाँ पार्टी गठन गरेर आजीवन अध्येक्षे बन्ने चाहना व्यक्त ग¥या रै’छन् । तिन्ले गठन गर्ने पार्टीको नाम पो के राख्लान् ?


रामचन्द्रे बाजेको गनगन
हिजो आज काँग्रेसभित्रै अस्विकृत अनुहार भनेर चिनिएका रामचन्द्रे बाजे ठाउँ–कुठाउँ गनगन मात्र गर्न थाल्या छन् । हुन त मान्छे बूढो भएपछि ज्यादा गनगन गर्छ भन्थे हो कि क्या हो ? यसो भाषन ठोक्ने कुना काप्चा देख्यो कि तिनको फलाकाई शुरु भैहाल्छ । काँग्रेसको सरकारमा बसेर माल खाँदै आएका प्रचण्डाउ र माकुनेलाई चनावसम्मै काँग्रेसले लिएर जानुपर्छ रे । बाजेको कुरा सुनेर घण्टाघरलाई अब लाग्न थाल्या छ बुढुवा अब सड्याल गेले । न सडेका भए त्यसरी बोल्दै हिँडने नै थिएनन् । हुन त विचरा के पो गरुन ? यस भन्दा अगाडि पनि पाहा पछारिएजस्तो आफ्नै निर्वाचन क्षेत्रबाट पछारिएका थिए । अब पनि पछारिने निश्चित छ । गठबन्धनलाई सँगै लैजान पा’ चुनावमा फुत्त निस्कन सकिन्थ्यो कि भन्ने सोच्या होलान् बुढाले । पिण्ड खाने बेलामा किन ताउरमाउर ग¥या होलान् ?
हराको छैन रे
पञ्चधातु सरकारका स्वास्थ्ये मन्तरी विरोध खतौडाले अस्तिका दिन भन्या कोरोना भाइरसको २४ लाख डोज खोप हराएको छैन रे । तथ्यांकमा मात्र नभेटिएको रे । क्या अचम्म हराएको छैन, तथ्यांकमा नभेथिएको मात्र रे । हैन हौ माकुने र प्रचण्डाउका पिल्लाहरुले ढाँट्न ठग्न, झुटो बोल्न मात्र जान्या छन् कि क्या हो ? स्वास्थ्ये मन्त्रालयका सचिवले २४ लाख डोज खोप हराएको बताउँछन्, मन्तरी हराएको छैन भनेर गोवेल्सवादी हल्ला पिटाउँदै हिँड्छन् । यिनरेको झुटको खेति यतिबेला हराभरा भएर आएको छ । निजी स्वास्थ्य संस्थाहरुलाई बेचेर खल्ति गरम ग¥या हौ भन्दे त लन्ठै साफ । वित्थामा किन बहानाबाजी गर्नु ?
टा“स्सिया छन् टा“स्सिया छन्
हैन हौ त्यो माकुने र प्रचण्डाउ जुकै रहेछन् गाँठे । काँग्रेसको कन्दनी अँठ्याछन् अँठ्याछन् । काँग्रेस आउने चुनाउमा एक्लै निर्वाचनमा लड्ने तयारीमा जुटेपछि त्यसै पनि तिनको अनुहार घाटमा पोल्दापोल्दै गरेको लासको जस्तो भएको छ । विचराहरुले राम्रो काम ग¥या भए पो चुनाउमा जाने आँट गर्नु ? चुनावमा गठबन्धन गरेर जानुपर्छ भनेर नेप्लिज लाँग्रेसका मुखिया तोत्यांग्रे काजीलाई कान फुक्याफुक्यै छन् । जुकालाई बरु यसो नुन छर्कियो भने छोड्छ । ती दुई त टाँसिएको टास्यिकै गर्छन् । तोत्यांग्रे काजीलाई फस्ल्याङफुस्लुङ पारेर मनाए नि देशैभरिका लाँग्रेसका कार्जेकर्ताहरुले यिन्लाई मतदान गर्दैनन् । काँग्रेसका कार्जेकर्ता काजीका हनुमान, खेतला, हुक्के, ढोके, बैठके हैनन् । माकुने र प्रचण्डाउले खै कुरा बुझ्या ?
खप्रओस“ग सहकार्य गर्ने रे
प्रचण्डाउ हिजोआज निक्कै आत्तिन थाल्या छन् । कहिले आत्महत्या गर्छु भन्दै कुर्लन्छन्, कहिले माउवादी साफ भयो भने नेपालै साफ हुन्छ भन्छन् । कहिले एमसिसी पास गर्छम् भनेर अम्रिकालाई पत्र पठाउँछन्, कहिले आफूले पत्र नपठाएको भन्दै नेपाली जनतालाइ मात्र नभएर अम्रिकालाइ पनि उल्लु बनाउँछन् । स्थानीय निर्वाचनमा काँग्रेसको वैशाखी टेकेर जाम्ला भन्ने सोच्या थे तर काँग्रेसले ठिंगा देखाएपछि विचरा बर्बराउन थाल्या छन् । अस्तिका दिन त तिन्ले माउवादीले एमालेसँग सहकार्य गरेर जाने भनेर मनको लड्ड घ्युसँग खाँदैछन् । खप्रओले प्रचण्डाउलाई गुएँलाको फूल देखाइदिन्छन् । त्यत्रो उत्पात मच्चाएर धारे हात लगाएर हिँड्या कुरा खप्रओले कसरी भुल्लान् ? वडो आकाश पाताल छेडने गफ हान्छन् । खुरुक्क एक्लै निर्वाचनमा गए भैहाल्यो । कुहेको सिनोलाई कसैले काँधमा हालेर हिड्ला जस्तो छैन ।
जन्ताले ज्यान फाल्न तयार
नक्कली पिएजडीधारी, आयाराम गयाराम नेता उपाधिबाट विभूषित बाउरामले अस्तिका दिन भन्या नेपालाँ जनयुद्ध पुगेन फेरि जन्ताले ज्यान फाल्न तयार हुनुपर्छ रे । हैन हौ ती नक्कली पिएचडीधारीको खप्पराँ गोबर नै भरिएको छ कि क्या हो ? तिन्ले भन्या सुन्दा त वातैपिच्छे तिन्का मुखाँ हानु हानु लाग्न थाल्या छ घण्टाघरलाई । तिम्रा स्वास्नी, तिम्रा छोरीले ज्यान फाले भइहाल्यो नि । आफ्नालाई हिजो पनि विरालाले आँची लुकाएझै लुकाएर राख्ने, अर्काको छोराछोरीलाई भड्खालामा जाक्ने गरेको कस्ले बिर्सिया छ ? अब तिम्रा लागि कसैले ज्यान फाल्दैनन् । हैन हौ तिन्का थुतुनोबाट राम्रो कुरा त कहिल्यै सुन्न पाइएन वा † हुन त मान्छे सबैतिरबाट एक्लिएसी त्यस्तै त्यस्तै उट्पट्याङ गफ गर्छन् भन्थे हो रै’छ । तिनले आजसम्म गरेको दल बदलु आधा दर्जन भन्दा बढी भैसक्या छ ।
सबैभन्दा ठूलो दल बन्छ रे
खै के जाति मन्त्री पो हुन ती रामकुमारी वनझाक्री । मन्त्रीहरु करारमा नियुक्ति भा’का भै हुन्छन् सम्झनै गाह«ो । अस्तिका दिन रामकुमार वनझाक्रीले भन्या अब आउने स्थानीय निर्वाचनमा माकुनेको एस सबैभन्दा ठूलो पार्टी बन्छ रे । कति हाँस्नु घण्टाघर त झन पेट मिचीमिची हाँस्यो । कताबाट ठूलो पार्टी बन्ला ? न छेउ छ न टुप्यो छ । ठूलो बन्ला तलकुरे कु बाट । बोल्दा नि भद्धा मजाक गरेर नबोल्नु नि । हुन त यतिबेला मुलुुकमा जोकरहरुको संख्या ह्वात्तै घट्या छ । जन्तालाई यसो मनोरञ्जन पनि त हुनु प¥यो । वनझाक्रीले यसो बेला बेलामा मनोरञ्जन दिन थालेकी छन् । लौ झाक्रीलाई बधाई छ ।
अन्तेमा
हैन हौ त्यो एमसिसी भन्ने कस्तो खालको सम्झौता हो हँ ? विद्वानहरु एमसिसी राम्रो भनेर बखान गर्दै हिँड्या छन् । दुई चार कलासमा ठेलुवा लगाँउदा नि पास नभएकाहरुचाहिँ एमसिसीको विरोधमा उफ्रिएका छन्, उफ्रिएका छन् । विद्वानको कुरा मानम कि ठेलुवाहरुको कुरामा सहमति जनाम । घण्टाघर बडो दोधारमा प¥या छ । अर्थोकचाहिँ त्यस्तै उस्तै हो त्यो एमसिसीले राजनीतिमात्र नभएर घर झगडा पनि मज्जैसँग लगाएको छ । सत्ताको तर खाएर बसेकाहरुमध्ये एकथरि ठीक भन्दै हिँड्या छन्, अर्कोथरि बेठीक भन्दै दन्तबझान
गरेर कुर्लेका छन् । आफू त प¥यो सोझो खै के खै के ?

तपाईको प्रतिक्रिया