स्थानीय निर्वाचनको मिति घोषणा भएसंगै का“ग्रेसले सक्रियता बढायो

धरान । निर्वाचनको मिति तय भए सँगै नेपाली कांग्रेसले आफ्ना गतिविधीहरु तिब्र पारेको छ ।
दैनिक जसो स्थानीय क्षेत्रहरुमा पुगेर संगठन विस्तार सुदृढिकरण अभियान संचालन गरिरहेको छ । यसैबीच नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट अभियानको शुरुवात गरेको हो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी कांग्रेस जनजनमा जागरण ल्याउन र संगठन विस्तारमा टेवा पु¥याउन अभियान वडाहरुमा सञ्चालन गरिएको बताउनुभयो । संगठनलाई मर्यादित, अनुशासित बनाउने तथा जनता र कार्यकर्ताप्रति पार्टीका स्थानीय नेतृत्वलाई जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले अभियान शुरु गरिएको उहाको भनाई छ ।
जनअपेक्षा र कार्यकर्ताको भावना बमोजिम पार्टी गतिविधि गर्न तथा पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाई संगठनलाई विस्तार गर्न र चुस्तदुरुस्त राख्न अभियानले सहयोग पुग्ने विश्वास लिएको पनि तामाङले बताउनुभयो ।


क्षेत्रीय उपसभापति तथा प्रदेश १ (२) का सभापति मुरारी भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा आफुले टिकट पाउंदा मात्र खट्ने मनस्थिति हुनु नहुने र टिकट वितरण गर्दा नेतृत्व पनि चुक्न नहुने बताउनुभयो । उहाले रामधुनी ७ को पञ्चायानमा शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्नुपर्ने बताउनुभयो । रामधुनी नगर सभापति सुदिप अधिकारीले विगतमा माथिल्लो तहका पार्टी नेतृत्व वडा वडामा नआउंदा कांग्रेसको संगठन खस्केको बताउनुभयो । उनले एमसीसी लगायतको राष्ट्रिय मुद्धामा कांग्रेस स्पष्ट हुनुपर्ने बताउनुभयो । महाधिवेशन प्रतिनिधि ममता तामाङले केन्द्रीय नेताले हरेक मुद्धाहरुमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया