कोरोना भाइरसको तेस्रो लहरको प्रकोप बढे पनि गोरखामा दैनिक विक्री बढ्यो

इटहरी । कोरोना भाइरसको तेस्रो लहरको प्रकोप बढेसँगै गोरखा डिपार्टमेन्ट स्टोरको सबै शाखाहरुमा एक हप्तायता दैनिक विक्री ह्वात्तै बढेको छ ।
गित २३ बर्षदेखि पूवेली ग्राहकहरुको विश्वास आर्जन गरेको इटहरी, विराटचौक, पथरी दमकस्थित डिपार्टमेन्ट स्टोरहरुमा ह्वात्तै विक्री बढेको स्टोरमा म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो । म्यानेजर गौतम भन्नुुन्छ तेस्रो लहरको भेरियन्टसँगै ग्राहकहको संख्यामा कमी होला भन्ने लागेको थियो तर त्यसो भएन ।
कोरोना संक्रमणको त्रासलाई लिएर सरकारले विद्यालय, डिपार्टमेन्टल स्टोरहरु, सिनेमा हल, डान्स वार अर्थात बढीको प्रवेशमा रोक लगाएपछि ग्राहक घट्ने आशंका हामीले गरेका थियौ । म्यानेजर गौतमले भन्नुभयो तस्रो लहरको पकोप फैलनु अगाडि डिपार्टमेन्ट स्टोरमा अभिभावकहरुले आफना नानीहरु समेत लिएर आउँदा भीडभाड हुन गरेको थियो । तर अहिले अवस्था त्यस्तो छैन । पहिला घुमफिर, गोरखा किचनमा बसेर रमाइलो गर्ने गाहकहरु अहिले समान खरिदका निम्ति मात्र आउनु हुन्छ । जे जति ग्राहक आउनुहुन्छ सामान खरिद गर्नकै लागि मात्र आउनुहुन्छ । विगतमा थोरै सामान खरिद गर्ने ग्राहकहरु यतिबेला बढी समान खरिद गरेर फर्किने गरेको म्यानेजर गौतमको भनाई छ ।
पूर्ण रुपमा स्वास्थ्य मपदण्ड अपनाएर ग्राहकहरु डिपार्टमेन्ट स्टोरमा प्रवेश गरेको स्टोरका सुरक्षाकर्मीहरु बताउँछन् । प्रवेश गर्नु अघि स्टोरले ग्राहकहरुलाई अनिवार्य सेनिटाइजर प्रयोग गर्न लगाउने एक अर्काबीचमा सामाजिक दूररी कायम गर्न लगाउने, मास्कको अनिवार्य प्रयोग गर्न लगाउने काम गोखाका सुरक्षाकर्मीहरुको नियति जस्तै बनिसकेको छ । हाल प्रत्येक दिन झण्डै ५ हजार ग्राहकहरुले गोरखा डिर्पामेन्ट स्टोर इटहरी शाखाबाट सामानहरु खरिद गर्ने गरेको म्यानेजर गौतमले बताउनुभयो । खास गरेर यतिबेला
ग्रोसरीका समानहरु खरिद गर्नेहरुको भीड बढेको छ । विगतमा थोरै परिमाणमा सामान खरिद गर्ने ग्राहकहरुले यतिबेला धरै परिमाणमा खरिद गर्नेै गरेका छन् । अर्कोतर्फ गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुलाई विजयाशमीकै समयदेखि १० प्रतिशत छुट दिँदै आएको छ । बजार मूल्यभन्दा
गोरखा डिपार्टमेन्ट स्टोरमा पाइने समान सस्तो हुने त्यसमाथि १० प्रतिशत छुटको व्यवस्थालाई स्टोरले निरन्तरता दिएपछि ग्राहकहरुको आकर्षण बढ्नु स्वभाविक मान्छन् म्यानेर गौतम । यसको अलावा ब्राण्डेड र गुणस्तरीय सामान पनि ग्राहकको आकर्षण बढ्नुको प्रमख कारण हो । स्टोरमा उपलब्ध सबै सामानमा १० प्रतिशत छुट हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो होइन । ग्रोसरीका आइटम, पेय पदार्थहरुमा यो छुट छैन । लत्ता कपडा, इलेक्ट्रोनिक्स आइटम, सोपिस, गिÏट आइटम लगायत अन्य सबै सामानमा यो छुट रहेको छ ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ ।
आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

ग्राहकहरुको पहिलो रोजाई गोरखा किचन

सुविधा सम्पन्न, तारे होटलहरुको स्वाद पाइने गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा किचन पूर्वेली ग्राहकहरुका लागिमात्र नभएर वाह्य ग्राहकहरुको लागि पनि पहिलो रोजाइ हुने गरेको छ ।
भारतको मिरिकबाट काठमाण्डौको यात्रामा निस्किएका थुप्तेन लामा आफ्ना परिवारका साथ सोमबार गोरखा किचनमा भेटिए । मिरिकबाट विहान ६ बजे निस्किएका उनी १० बजे गोरखा डिपार्टमेन्टको गोरखा किचनमा आइपुगेका रहेछन् ्। लामाले भने घरबाट हिँड्दा गोरखा किचनमै पुगेर खाना खाने सल्लाह भएको थियो । पारिवारिक भेटघाटका लागि नेपाल आइजाई गरि रहने थुप्तेनले सुनाए विगतमा एक्लै आउँदा पनि खाना खाने जक्सनचाहिँ मेरो गोरखा किचन नै हो ।
बाटोमा अरुपनि स्तरीय होटलहरु छन्, गोरखा किचनमै आइपुग्नुको मुख्य कारणचाहिँ के हो त भन्ने जिज्ञासामा उनले भने गोरखा किचनको खानाको स्वादै बेग्लै छ । स्पेशल खाना, नेपाली थाली , थकाली खाना, खानासँगै मुस्ताङ्गको कालो दाल, मुस्ताङ्गी चामलको स्वाद आफनै प्रकारको छ । खानासँगै अन्य खानपिनका भेराइटीहरु माग बमोजिम तयार गरेर उपलब्ध हुन्छ । हुन त थुप्तेनमात्र होइन नेपालकै पहाडी जिल्ला धनकुटाको उत्तरपानीबाट विराटनगर हिडेका दिवस चौहान पनि तराई झर्दा गोखा किचन नै रोज्छन् । उनी भन्छन, स्वादिस्ट खाना, अत्यन्तै सफा, तराई र पहाड नियाल्न सक्ने मनमोहक दृश्य जस्ता कारणले पनि गोरखा किचन आफ्नो रोजाइमा परेको हो ।
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना अन्य शाखाहरु विराटचौक पथरी, दमकमा समेत गोरखा किचन सञ्चालन गर्दै आएको छ । सर्वसाधारणदेखि सम्भ्रान्त सम्मलाई लक्षित गरेर सञ्चालित गोरखा किचनका खाना, अन्य दर्जनौ प्रकारको भेराइटीहरु अन्यत्र भन्दा सस्तोमात्र नभएर स्वादिस्ट रहेका छन् । किचनमा कार्यरत कुकहरु
राजधानी लगायत अन्यत्रका पाँचतारे होटलमा काम गरिसकेका अनुभवि हुनुले पनि स्वादिस्ट खानाका लागि ग्राहकहरुको पहिलो रोजाई भएको स्टोरका प्रवन्धक निर्देशक बलराम आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, विगतमा कोरोना भाइरसका कारण गोरखा किचन बन्द हुँदा ग्राहकहरुले खोल्न धेरै आग्रह गर्नुभयो । तर सरकारको निर्देशन विपरीत जाने कुरा भएन । हाल केही सहज भएकोले किचनमा ग्राहकहरुको चाप विस्तारै बढ्दै गएको छ ।

होटल गोरखामा अग्रिम बुक

तारे होटलको अवधारणा अनुरुप ४२ करोडको लागतमा निर्माण भएको होटल गोरखामा बसाइका लागि ग्राहकहरुले अग्रिम बुक गर्ने गरेको प्रवन्ध निर्देशक बलराम आचार्यले बताउनुभयो ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने निर्णय गरेपछि पूर्वाञ्चलमा आउने पर्यटकहरुको आवास सुविधालाई ध्यानमा राखेर गोरखा डिपार्टमेन्ट स्टोरले गोरखा होटल निर्माण गरेको थियो । पौष महिनामा विधिवत सञ्चलनमा ल्याए तापनि विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण देखिएपछि चैत्र ११ गतेदेखिको झण्डै ६ महिनासम्म भएको लकडाउनले गोरखा होटल पूर्ण रुपले सञ्चालनमा आउन सकेको थिएन । गत बर्ष समेत लकडाउनको मार खेपेको गोरखा होटल केही महिना यता पूर्ण सञ्चालनमा रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न गोरखा होटल यतिबेला फूल फेसमा चलेको छ । ग्राहकहरुले विभिन्न माध्यमबाट अग्रिम कोठाहरु बुक गरिरहेका छन् । यसका अलावा दुर दरराजका विभिन्न राजनैतिक पार्टीका नेताहरु, विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु खेलाडीहरुले पूर्वमा आएर होटल गोरखा नै रोज्ने गरेका छन् । प्रवन्ध निर्देशक आचार्य भन्नुहुन्छ अहिले होटल सन्तोष जनक रुपमा चलेको छ ।

तपाईको प्रतिक्रिया