गल्फार शुक्रबहादुर भारतको क्वालिफाई गल्फ खेल्न भारततर्फ प्रस्थान

धरान । नेपालको नम्बर वान प्रोफेसनल गल्फर शुक्रबहादुर राई टाटा स्टील प्रोफेसनल गल्फ टुर खेल्न भारत प्रस्थान गरेको छ ।


उनलाई आज धरान उपमहानगरपालिकाका मेयर एंव गल्फ एशोसिएसनका केन्द्रिय उपाध्यक्ष तिलक राई, वडा नं. १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) र नेपाली कांग्रेस धरानका सचिव हिमाल श्रेष्ठले खादा लगाएर जितको शुभकामनासहित विदाई गरेका छन् । उनलाई मेयर राईले व्यक्तिगतरुपमा भारु १ हजार र नेपाली १० हजार रुपैयाको चेक हस्तान्तरण पनि गर्नुभयो । मेयर राईले धरानको उत्पादन शुक्र नेपालकै नम्बर वान प्रोफेस्नल खेलाडी भएकोले सम्पुर्ण धरानेहरुले गौरव गर्नुपर्ने भन्दै खेल जीवनको प्रगतिको शुभकामना पनि व्यक्त गर्नुभयो । मेयर राईले भन्नुभयो, ‘शुक्रबहादुर राई नेपालकै नम्बर वान प्रोफेस्नल खेलाडी हो । हाम्रो धरानको उत्पादन हो । धराने गल्फरहरुको उसमा धेरै ठूलो लगानी छ । ईमान्दारपूर्वक नेपाल गल्फ एशोसिएसनको टूेनिङमा बसेर एमेच्योरमा पनि ६, ७ वटा देश नेपालको प्रतिनिधि गरेर खेल्न गईसकेको छ । साफ गेममा पनि उनले मेडल ल्याएको छ । विगत दुई वर्षदेखि व्यवसायिक खेलाडीको रुपमा खेलिरहेको छ । उनले भर्खर रै धरानमा सम्पन्न सुर्य नेपाल इष्र्टन ओपन जित्यो र काठमाडौंको सेन्टर ओपन पनि जित्यो । भारतको गुजरातस्थित अहमदावादमा टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २०२२ क्वालिफाइ स्कुल आयोजना हुदैछ । फेबु्रअरी १० तारिख रजिष्टूेशन हुनेछ भने ११ र १२ तारिख प्रि क्वालिफाई हुनेछ । यस्तै, १४ मा पुनः रजिष्टूेसन भएर १५ र १६ मा भएको खेलमा कट जोगाउन सक्नेहरु १७ र १८ गते फाइनल खेल्न पाउँछन् । शुक्रले दिएको जानकारी अनुसार प्रि क्वालिफाइमा करिब १ सय २० खेलाडीहरु सहभागी हुनेछन् । ती मध्ये प्रि क्वालिफाईबाट ८० जना छनौट हुनेछन् । त्यसमध्ये पनि फाइनलको लागि ४०÷५० जना मात्र फाइनलको लागि छनौट भएर फुल कार्ड पाउँछन् । शुक्रले फुल कार्ड पाउने खेलाडीले भारतमा हुने सबै प्रोफेस्नल गल्फ प्रतियोगिता खेल्न पाउने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया