धरान । धरानमा बालबालिक तथा विद्यार्थीलाई लक्षित गरी कोरोना खोप लगाउन शुरु गरिएको छ ।
आइतबारदेखि शुरु गरेको खोप कार्यक्रममा धरानका १२ देखि १७ बर्ष उमेर समुहका विभिन्न विद्यार्थी तथा बालबालिकालाई लगाइएको थियो ।
सोमबार धरानमा ३ हजार ७ सय भन्दा बढी विद्यार्थीहरुले कोरोनाविरुद्धको खोप लगाएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार धरानका विभिन्न ११ वटा खोप केन्द्रमा ३ हजार ७ सय ५४ जनाले खोप लगाएका छन् । ती मध्ये १ हजार ९ सय ९९ जना छात्र र १ हजार ७ सय ५५ जना छात्रा छन् । सोमबार धरानको विष्णु मेमोरियल, पंचायत मावि, ज्ञानोदय मावि, लिबर्टी बोडिंग, आइडियल, एम्स, हिमालयन, सुनाखरी, पब्लिक मावि, सैनिक आवासिय, नेपाल पुलिस र दन्तकाली माविमा खाप केन्द्र राखिएको थियो ।
विद्यार्थीहरुलाई लक्षित गरी कोरोना खोप लगाइएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेशताले बताउनुभयो ।
यसअघि, पहिलो दिन धरानमा ४ हजार ३ सय ९७ जना विद्यार्थीले खोप लगाएका थिए । पहिलो र दोस्रो दिन गरी धरानका ८ हजार १ सय ५१ जना विद्यार्थीले खोप लगाइसकेका छन् । विद्यार्थीहरुलाई मोर्डना खोप दिइरहेको छ । १७ गतेसम्म यो खोप विभिन्न स्कुलमा तोकिएको खोप केन्द्रमा विद्यार्थीलाई कोरोनाविरुद्ध खोप दिइनेछ ।
