घण्टाघरबाट हेर्दा

हल्लुडे निर्वाचन आयोग
हैन हौ निवाएच आयोगको काम समयमै निर्वाचन गराउने हो कि हल्लुडे निर्देशन दिने हो ? बुझ्नै सकिएन वा † आफ्ना मालिकहरुको मा बमोजिम हल्लुडे आयुक्तहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट राजतन्त्र र हिन्दु राज्य हँटाउन पत्रै काटेर निर्देशन देछ । आची गर्नेलाई भन्दा देख्नेलाई लाज भन्या यही हो । प्रजातन्त्रमा हरेक दलको आफ्नै सिद्धान्त हुन्छ, आफेनै आदर्श हुन्छ, आफ्नै मूल्य मान्यता हुन्छ नत्र खसी बाख्री एकै धोकरी भैहाल्थे नि । किन यति विघ्न पार्टी खुल्थे ? एउटै भए भै जान्थ्यो । राप्रपाको सिद्धान्तबाट करोडौ नेपाली लोभिन थालेपछि आफ्नै घर जलाएर बतासिने बतासे पार्टी, आफ्नै दाजु भाईलाई चिलिम बनएर कुम हल्लाउने, गत महिनासम्म सिन्को नभाँची राष्ट्रको नाममा सम्बोधन गर्ने लवस्तराहरुको निर्देशनलाई अयोगका हल्लुडेहरुले मान्नै प¥यो । आखिरी दानापानी त्यतैबाट चल्या छ हल्लुडेहरुको ह्याउ छ भने माक्र्स लेनिन, माओको नाम तत्काल हटाउँ भनेर निर्देशन दियोस छ । अनि मानमला । हल्लुडेहरु बात करता है
चुच्चे नक्सा गायव


भर्खरै न्वारान भएको मधेश प्रदेश सरकारले नेपालको चुच्चे नक्सा नै गायव गर्दिएछ । पर्देश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दा चुच्चोचाहिँ गायव बनाइदिएछ । चुच्चो हराएकोमा हअिले सबैतिर खैलाबैला मचिएको छ चुच्चो हराएकोमा पञ्चत्वको सरकारलाई छु मतबल । भुईँ मान्छेहरुलाई मात्र मतलब भएको छ त्इसैले त उनीहरु चुचे नक्सा खोइ ? चुच्चै नक्सा खोइ ? भनेर चिच्याइरहेका छन् । पंचतत्वको सरकालाई साह«ै टेन्सिन दिइसक्यो । त्यही चुच्चोले गर्दा आउने चुनाउमा पंचतत्लका डाम्नाहरुले झोली तुम्बा बोक्नुपर्ला जस्तो भइसक्यो, हुन त चुच्चे नक्सा मधेश प्रदेशमा छँदै थिएन । जुन पदेशमा चुच्चो पर्छ उसैलाई मात्र राजपत्रमा प्रकाशित गर्दा भै’गायो । वित्थामा चुच्चेबाट सधै कति टेन्सिन लिने ? कि कसो हौ ?
बार्दली बालाई कोरोना
बार्दली वा’ माने खप्रओ । अरु दलका लागि कोरोना भएका बार्दली वा’लाई यसपदक कोरोनाले Ïलाइङ्ग किक हानेछ चारचारवटा मृगौलाको थैलो बोकेर हिडेका बार्दली बा कोरोनाले किक हानेपछि त्राहीमाम भएका छन । अस्तिका दिन तिनले नाम चलेका नारद माने पत्रकाहरुलाई बोलाएर आफ्नो मनका वह पोने योजना बनाएका थिए । तर कोरोनाको किकले थलिएसी आफ्ना मनका वह अलि पछि कहने भएका छन । कोरोनाका कारण नारदमुनीहरुको एकाछाक भोजन समेत हरिएको छ । जे होस् कसैलाई नेटमै बाृद्यल्विा समेत कोरोनाबाट मुक्त भएनन् । पंचतत्वका अरु मठाधीशहरुलाई कोरोनाले किक हान्नु त सामान्य हो ।
अन्याय भयो रे
गणेशमान सिहका भेडे पुत्रले अस्किा दिन भन्या १४ औं महाधिवशेनमा आmूमाथि घोर अन्याय भयो रे । हैन हौ ती सडियाको अलिकति गिदी छैन ? चार जना सभापतिका उमेद्वारमध्ये ककनिस्ट स्थनमा पुग्दा पनि तिनको बर्बराई सुन्दाहिजोआज घण्टाघरका कन्सिरी पनि रनक्क रन्किन थाल्या छन् । कहिले सधै गोशमानको परवारलेमात्र त्याग गर्नुपनै भनेर उफिएको छ कहिले अmाूमाथि अन्याय भयो भनेर हातखुट्टा बजारेको छ घण्टाघरले घुइँघुइँती खोज्दा नि गयोशमान भन्दा बाहेक गणेशमानका परिवारकसैलेपनि त्याग गरेकै पाएन । गोशमानको नाम भँजाउने काम मात्र गरे । हे गठ्ठे काजी आच्या गणेशमानका भेडे पुत्र अब गोशनमानको नाम भँजाउन छोडिदेउ । गोडाचारपाँचेक पटक मन्तरी पड्काइसक्यौ । भँजाउँदा भँजाउँदा अब भँज्नै छोड्ला जसे भैसक्यो कि कसो हौ ?
आतंककारी मन्तरी
कुकुरलाई घ्यु पच्दैन भनेर हाम्रा बुढापाकाहरुले त्यसै भन्या होइन । कुकुरलाई घ्यु दियो भने मज्जाले खान्छ तर केही दिन पछि त्यो खुइलिएर घिनलाग्दो हुन्छ । अर्काको बुई चढेर मन्तरी भएकी रेणु जावले गौरमा गएर १४बर्ष अगाडि गौर नरसंहारजस्तै नरसंहार गर्दिने चेतावनी दिइछन् । आखिरी रेणु जादव उपिन्दर जादवले पुल्पुलएकी पात्र न परिन । मन्तरीले नै नरसंहार घटाउने भाषन ठोक्न थालेसी बातै खलास भयो । वाल्वाटारे मुखिया वा के भदो हेरेर बस्या होलान् ? हुन त रोु ानमम रेका यस्तै नै ुन्छन् किक्याहो असिन फेरि रेणुनाम गरकार्ला मुखिया वाले नै संरक्षण गर्छन् कि क्या हो ? मतपत्र चपाएर आतंक मचउने भरतपुरकीरेणु र गौर नरसंहार मचइइदिने भनि धम्की दिने वाल्वटारे मुखिया वा का प्रिय हुन । कि कसो हौ ?
बतासे माइला
प्रेम आलेले ताप्लेजुङ्गे माइला र्ऊ योगेश भट्टराई राजनैतिक खेति नै डुबाइदिएका छन् । नारायणहिटी, पशुपति धर्मशाला, कोरानोबाट जोगाउन विदेशबाट नेपालीलाई ल्याउने धन्दामा रा्रो कमाई गरेका बतासे माइला अब के गर्छन् होला ? हुन त बतासे मोइला बतासझै हुइकिन बडो खप्प्लिस छन कहिले माकुनेको मलद्वारलाई हरिद्वार भन्दै पछि पछि दौडिन्छन् । अनि फेरि माकुनेको मलद्वार गन्यायो भनेर खपअ‍ेको पछि लाग्छन अब यता पनिधन्दा चौपट हालाजसे भएति हिजोआज रन्थनिन ाल्य छन् कहिले काँगे पवेश गर्ने छिद्र खैदैछन् रे, कहिले कता दौडने भनेर छट्टपदिैछन् रे कसैलाई भन्छन् का पासा मखुला ।
दुधको मूल्य दश रुपैया बढ्यो
दुधको मूल्यमा दश रुपैया बढेकोमा एक थरिले सरकारलाई धारे हात लगाएको देख्दा घण्टारलाई ताजुब लागेर आएको छ विरोध गर्नेहरु पाय कुकुरपालारै’छन् । गाई पाल्नको सट्टा रमा कुकुरपाल्यो, विहानै अकर्माको दैलोमा ल्याएर हगायो । नाम पनि विश्वविख्यात, सम्बाधेन पनि तिमी, तपाई वाह † बरु थपक्क एएटा गाई पाल्नु नि । दूध पनिपाइने, गोर पनि काम लाग्ने कुकुरका न दूध न गोर गहुँत कामलाग्छ अनि फेरि दूधको मल्य बढ्ये भनेर धारेह ात लगाउने ? तीर्खा लाग्दा ५० हो कोक खानेहरुले दूध महँगो भयो भने अब कोककै चिया दन्काउने । फुइøयाँको विरोध गर्नु ?
अन्तेमा
आजकल ती लैवरी भीम रावलको थुतुनो चल्न थाल्या छ । पधेर्नीकी आइमाइजस्तो खाली अर्काकाृ खाृइरो खन्या छ आलोचना ग¥या छ । अब हेरम न अस्तिका दिन देशका पर्धानमन्रीले ेशबासीको नाममा सम्बोधन गरे तर ती थुतुने रावलले कब्जीयत भएजस्ता के बोलेको पर्धानमन्तरीले भनेर आलोचना गरेछन् । स्वाधीनता, निर्वाचन लगायतका कुरमा बोदै बोलेनन् रे हैन हौ पर्धानमन्तरीले थुतुनेले भने बमोजिक बोल्नुपर्ने कि क्या हो ? बात करता है ?

 

तपाईको प्रतिक्रिया