कोरोना भाइरसको तेस्रो लहरको प्रकोप बढेसंगै गोरखामा एक हप्ता यता दैनिक विक्री बढ्यो

इटहरी । कोरोना भाइरसको तेस्रो लहरको प्रकोप बढेसँगै गोरखा डिपार्टमेन्ट स्टोरको सबै शाखाहरुमा एक हप्तायता दैनिक विक्री ह्वात्तै बढेको छ ।
गित २३ बर्षदेखि पूवेली ग्राहकहरुको विश्वास आर्जन गरेको इटहरी, विराटचौक, पथरी दमकस्थित डिपार्टमेन्ट स्टोरहरुमा ह्वात्तै विक्री बढेको स्टोरमा म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो । म्यानेजर गौतम भन्नुुन्छ तेस्रो लहरको भेरियन्टसँगै ग्राहकहको संख्यामा कमी होला भन्ने लागेको थियो तर त्यसो भएन ।


कोरोना संक्रमणको त्रासलाई लिएर सरकारले विद्यालय, डिपार्टमेन्टल स्टोरहरु, सिनेमा हल, डान्स वार अर्थात बढीको प्रवेशमा रोक लगाएपछि ग्राहक घट्ने आशंका हामीले गरेका थियौ । म्यानेजर गौतमले भन्नुभयो तस्रो लहरको पकोप फैलनु अगाडि डिपार्टमेन्ट स्टोरमा अभिभावकहरुले आफना नानीहरु समेत लिएर आउँदा भीडभाड हुन गरेको थियो । तर अहिले अवस्था त्यस्तो छैन । पहिला घुमफिर, गोरखा किचनमा बसेर रमाइलो गर्ने गाहकहरु अहिले समान खरिदका निम्ति मात्र आउनु हुन्छ । जे जति ग्राहक आउनुहुन्छ सामान खरिद गर्नकै लागि मात्र आउनुहुन्छ । विगतमा थोरै सामान खरिद गर्ने ग्राहकहरु यतिबेला बढी समान खरिद गरेर फर्किने गरेको म्यानेजर गौतमको भनाई छ ।
पूर्ण रुपमा स्वास्थ्य मपदण्ड अपनाएर ग्राहकहरु डिपार्टमेन्ट स्टोरमा प्रवेश गरेको स्टोरका सुरक्षाकर्मीहरु बताउँछन् । प्रवेश गर्नु अघि स्टोरले ग्राहकहरुलाई अनिवार्य सेनिटाइजर प्रयोग गर्न लगाउने एक अर्काबीचमा सामाजिक दूररी कायम गर्न लगाउने, मास्कको अनिवार्य प्रयोग गर्न लगाउने काम गोखाका सुरक्षाकर्मीहरुको नियति जस्तै बनिसकेको छ । हाल प्रत्येक दिन झण्डै ५ हजार ग्राहकहरुले गोरखा डिर्पामेन्ट स्टोर इटहरी शाखाबाट सामानहरु खरिद गर्ने गरेको म्यानेजर गौतमले बताउनुभयो । खास गरेर यतिबेला
ग्रोसरीका समानहरु खरिद गर्नेहरुको भीड बढेको छ । विगतमा थोरै परिमाणमा सामान खरिद गर्ने ग्राहकहरुले यतिबेला धरै परिमाणमा खरिद गर्नेै गरेका छन् । अर्कोतर्फ गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुलाई विजयाशमीकै समयदेखि १० प्रतिशत छुट दिँदै आएको छ । बजार मूल्यभन्दा
गोरखा डिपार्टमेन्ट स्टोरमा पाइने समान सस्तो हुने त्यसमाथि १० प्रतिशत छुटको व्यवस्थालाई स्टोरले निरन्तरता दिएपछि ग्राहकहरुको आकर्षण बढ्नु स्वभाविक मान्छन् म्यानेर गौतम । यसको अलावा ब्राण्डेड र गुणस्तरीय सामान पनि ग्राहकको आकर्षण बढ्नुको प्रमख कारण हो । स्टोरमा उपलब्ध सबै सामानमा १० प्रतिशत छुट हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो होइन । ग्रोसरीका आइटम, पेय पदार्थहरुमा यो छुट छैन । लत्ता कपडा, इलेक्ट्रोनिक्स आइटम, सोपिस, गिÏट आइटम लगायत अन्य सबै सामानमा यो छुट रहेको छ ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ ।


आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

होटल गोरखामा अग्रिम बुक

तारे होटलको अवधारणा अनुरुप ४२ करोडको लागतमा निर्माण भएको होटल गोरखामा बसाइका लागि ग्राहकहरुले अग्रिम बुक गर्ने गरेको प्रवन्ध निर्देशक बलराम आचार्यले बताउनुभयो ।


नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने निर्णय गरेपछि पूर्वाञ्चलमा आउने पर्यटकहरुको आवास सुविधालाई ध्यानमा राखेर गोरखा डिपार्टमेन्ट स्टोरले गोरखा होटल निर्माण गरेको थियो । पौष महिनामा विधिवत सञ्चलनमा ल्याए तापनि विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण देखिएपछि चैत्र ११ गतेदेखिको झण्डै ६ महिनासम्म भएको लकडाउनले गोरखा होटल पूर्ण रुपले सञ्चालनमा आउन सकेको थिएन । गत बर्ष समेत लकडाउनको मार खेपेको गोरखा होटल केही महिना यता पूर्ण सञ्चालनमा रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न गोरखा होटल यतिबेला फूल फेसमा चलेको छ । ग्राहकहरुले विभिन्न माध्यमबाट अग्रिम कोठाहरु बुक गरिरहेका छन् । यसका अलावा दुर दरराजका विभिन्न राजनैतिक पार्टीका नेताहरु, विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु खेलाडीहरुले पूर्वमा आएर होटल गोरखा नै रोज्ने गरेका छन् । प्रवन्ध निर्देशक आचार्य भन्नुहुन्छ अहिले होटल सन्तोष जनक रुपमा चलेको छ ।

जुत्ता चप्पल र कपडामा अत्याधिक भीड

जाडोको मौसम, त्यसैपनि हरेक मानिसलाई न्याना लुगाहरुको चाहना हुनु स्वभाविक हो । तर आफूलाई चाहिए जस्तो न्याना लुगाहरु खोज्दै भौतिरिनेहरुका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै सबैका लागि गन्तव्य स्थान भएको छ । आÏना ग्राहकहरुको चाहना र मौसम प्रतिकूलतालाई ध्यानमा राखी स्टोरले अनेकौ प्रकारका न्याना लुगाहरु ल्याएको छ । सिंगापुर, हङ्गकङ्ग, थाइल्याण्ड, कोरिया, जापान,भारत र नेपालमा समेत तयार गरिएका त्यस्ता न्याना लुगा खरिद गर्ने उपभोक्ताहरु गोरखा डिपार्टमेन्ट स्टोरमा विहानैदेखि देखिन्छन् । कार्तिक अन्तिम सातादेखि नै यस्ता न्याना लुगाहरुको विक्री बढेको छ । अझ डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा आÏना नानीहरुका लागि खोजेजस्तो र नानीहरुले रोजेजस्तो कपडा छान्नेहरु दंग देखिन्छन् ।


बाहिरी बजारमा अक्सर नपाइने यदाकदा पाइहालिए पनि अत्यन्तै महँगो मोलमोलाई गर्नुपर्ने झन्झटबाट मुक्त पाउन पनि नानीहरुको न्याना लुगा किन्न पनि अभिभावक त्यहाँ पुग्छन् । जन्मेदेखि ५ बर्ष मुनिका नानीहरुका लागि डिपार्टमेन्ट स्टोरको पाँचौ तला प्रख्यात छ । ट्राउजर, ज्याकेट, टावल, टोपी, जुत्ताका नयाँ नयाँ डिजाइन र न्यानो उनीका अन्य कपडाहरु उक्त तलामा खातै लागेको छ । डिपार्टमेन्ट स्टोरको उक्त तलामा २० हजार भन्दा बढी आइटमका कपडा रहेको स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । उक्त तलामा दैनिक २ हजारदेखि दुई हजार पाँच सयसम्म ग्राहकहरु आफू तथा आफ्ना नानीहरुका साथमा आउने गरेका छन् ।

स्टोरमा जिममा अत्याधुनिक सामान

गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको मागलाई ध्यानमा राखेर पछिल्लो पटक जिमका अत्याधुनिक सामाग्रीहरु समेत उपलब्ध गराउन थालेको छ । विदेशबाट हालै आयात गरिएका त्यस्ता उपकरणहरुमा युवाहरु खरिदमा बढी सक्रिय भएका छन् ।
स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ पछिल्लो समय हामीले आइटमहरुमा थप बृद्धि गर्दै लगेका छौं । बजारमा अन्यत्र कहीँ नपाइने किचन वायरका आकर्षक सामानहरु, गिÏट आइटम, सोपिस, जिमका सामानहरु थप गरेका छौं । हुन त नयाँ नयाँ आइटमहरु अरु पनि धेरै आएका छन् । यसभन्दा अगाडि नै गोरखा डिर्पामेन्ट स्टोरमा ६ लाख भन्दा बढी आइटम उपलब्ध थिए । अहिले पुन ः सामानहरु थपिएका छन् ।

 

तपाईको प्रतिक्रिया