सरकारले कृषकलाई सहयोग नगरेको कृषकको गुनासो

धरान । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै कृषिलाई मुख्य आयस्रोतमा रुपमा बढाउदै लाने सरकारको उद्देश्य कुरामा मात्र सीमित भएको छ ।
चुनावका समयमा हरेक पार्टीका घोषणापत्रमा कृषि क्षेत्रलाई प्राथमिकताका साथ राखिएको हुन्छ भने सरकारको नीति तथा कार्यक्रम पनि लागु हुन सकेको छैन ।
उदयपुर रामपुरका हरि भट्टराईले कृषि पेशाबाट केही गर्ने उद्देश्य लिएर मौसम अनुसारको नगदेबाली, अन्न, सागसब्जी खेतबारीमा रोप्ने गरेपनि आफूले मेहनत गरेको श्रम अनुसारको फल नमिलेको गुनासो पोख्नुु भयो । उहाले सरकारले नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखेर पनि कुरामा मात्र सीमित भएको गुनासो पोख्नुभयो । उहाले उन्नत जातका विउ, मल, उचित सिंचाइको व्यवस्था नहुदा र बेला बेला बालीमा लाग्ने किराका कारण सोचेजस्तो कृषिजन्य वस्तु उत्पादन गर्न नसकिएको बताउनुभयो । उहाले यस विषयमा पटक पटक सम्बन्धित निकायमा गुनासो पोख्दा समेत कृषकको गुनासोलाई हावामा उडाएर हेर्न समेत नआउने गरेका बताउनुभयो ।


मुलुकको दुइतिहाइ जनसंख्याको जिविकोपार्जनसंग जोडिएको कृषि क्षेत्र राज्यको प््राथमिकतामा नपरेको अर्का कृषक मनोरथ कोइराला बताउनुहुन्छ । उहालाई कृषि सम्बन्धी जानकारी बेलाबेलामा दिनुपर्ने बताउदै यस्ता जानकारीले कृषकलाई फाइदा पुग्ने बताउनुभयो । उहाले कृषकले पाउने अनुदान समेत पहुचवालाले पाउने तर वास्तविक कृषकले कहिल्यै नपाउने गुनासो पोख्नुभयो ।उदयपुर रामपुरका यी दुई कृषकमात्र हैन त्यस गाउका करिब १ सय घर परिवारका कृषि पेशामा आश्रित परिवारको गुनासो यस्तै छ । पुरातन कृषि औजार, उन्नत विउ, मल नपाउनु, सिचाईको उचित प्रबन्ध नहुनु एकातिर छ भने अर्को तिर प्राविधिक ज्ञानको कमीसंगै उचित बजारको व्यवस्थापन सरकारले गर्न नसक्दा कृषि पेशाामा लागेका कृषकहरु दिनप्रतिदिन निराश बन्दै गएका छन् । फलस्वरुव देशका युवा शक्ति निराश भएर कृषि पशा छोडेर वैदेशिक रोजगारमा जान बाध्य छन् । अब भने सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्नुबाहेक अर्को विकल्प छैन । हैन भने भोलि कृषि प्रधान देशमा भविष्यमा भोकमरी नचल्ला भन्न सकिदैन ।

तपाईको प्रतिक्रिया