अजादीको अमृत महोत्सव अन्तर्गतको रक्तदान कार्यक्रममा २०२ जनाले रक्तदान गरे

धरान÷भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानले ७५ औं स्वतन्त्रता दिवससँगै सन् २०२३ सम्म मनाइने आजादीका अमृत महोत्सव अन्तर्गत गत पौष १० गते शनिवार आफ्नै कार्यालय परिषरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


‘रक्तदान जीवन दान’ भन्ने विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा २०२ पिन्ट रगत संकलन भएको थियो । रक्तदानका लागि भारतीय भूतपूर्व सैनिकहरुको उल्लेखनीय सहभागिता रहेको कार्यालयका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले जानकारी दिनुभयो । मेजर सिंहका अनुसार
धरानमा स्थायी बसोबास गर्दे आउनु भएका भूतपूर्व सैनिक, तिनका आश्रित परिवारसँगै तरहरा, इटहरी शान्तिनगर लगायतका स्थानबाट समेत रक्तदानमा सहभागिता जनाउन भारतीय भूतपूर्व सैनिकहरु आएका थिए । यसैगरी पेन्सन वितरण कार्यालयका पदाधिकारीहरु, कर्मचारीहरु र स्थानीयबासीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । नेपाल रेडक्रससोसाइटी जिल्ला शाखा धरानको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको मेजर सिंहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया