सप्तरंगी पार्कको काम बीस बर्ष पुग्दा पनि अधुरै

धरान÷धरान १७ मा रहेको सप्तरंगी पार्कको हालसम्म बन्न सकको छैन । २० बर्ष अगाडि विडिआर भन्ने संस्थासंग सहकार्य गरेर धरान १७ मा रहेको ६२ विगाहा जग्गामा सुविधा सम्पन्न सहित स्मारक पार्क, बाल उद्यययन, खेलकुदका गतिविधि लगायतका ठूलो महत्वांकांक्षी गुरु योजना बनाएर उपमहानगरपालिकाले थालेको काम बीचैमा रोकियो । करिब ३ करोड रुपैया त्यसबेला बालुवामा पानी हाले सरह भयो । यतिबेला संप्तरंगी पार्कको जग्गा समेत अतिक्रमणमा परेको छ । ६२ विगाहा जग्गामा अहिले ९ विगाहा क्षेत्रफल मात्र संप्तरंगी पार्कका लागि घेराबारा लगाएको छे भने बनाएका भौतिक संरचना समेत जीर्ण बन्दै गएका छन् । गुरु योजनामा परेको यो पार्कको समेत डिपिआर बिना नै शुरुवात गरिएको थियो ।


२०५५ सालमा विडिआर संस्थासंग सम्झौता भए पनि यसको काम भने ०६७ सालमा शुरु गरिएको थियो । अहिले त्यहा बनाइएका पिकनिक स्पोर्ट, सहीद स्मारक पार्क तथा त्यहा भएका भौतिक संरचना समेत जीर्ण बन्दै गएका हुन् ।
अब भने धरानको स्वामित्वमा रहेको ६२ विगाहा जग्गालाई एकीकृत गरी डिपिआर तयार गरेर अगाडि बढ्ने योजना रहेको धरान उपमहानगरपालिकाका योजना विकास प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताउछन् । गुरु योजनामा परेको यो स्थानमा बनेका भौतिक संरचना जीर्ण बन्नु दुखद् कुरा हो तर त्यो भन्दा ठूलो कुराचाहिँ ६२ विगाहा जग्गा अतिक्रमण भएर ९ विगतमा खु्िम्चनुलाई अब के भन्ने । यस विषयमा इन्जिनियर श्रेष्ठ उपमहानगरपालिकाको जग्गा एकीकृत गरेर डिपिआर पछि नया परिवेश अनुसार काम शुरु गर्ने बताउछन ।
२० बर्ष अगाडि २ देखि ३ करोड लाग्न अनुमान गरिएको यो पार्क अब भने २५ देखि ३० करोड लाग्ने अनुमान गरिएको छ ।
यता सर्वसाधारणले भने राजनीतिक खिचातानीका कारण, व्यक्तिगत स्वार्थका कारण यो पार्क निर्माण हुन नसकको बताउने गरेका छन् । धरान १९ का सुरज राईले विकासका नाममाा भागबण्डा नमिल्दा खिचातानी हुने गरेका कारण समयमै कुनै पनि काम हुन नसकेका बताए ।
अहिले यो स्थानमा विभिन्न जातिको रुख रोपिएका छन्, प्रवेश गर्ने स्थानदेखि केही तलसम्म विभिन्न जातका फूल रोपेर फूल वगैचा जस्तो बनाएको छ । बाकी ठाउमा जताततै घास उम्रिएका छन् । अहिले धरान उपमहानगरपालिकाले त्यहा घुम्न आउनेलाई प्रतिव्यक्ति १० रुपैया लिने गरेको छ । यस्तो ठाउ भए पनि दैनिक ५० देखि ६० जनासम्म आउने गरेको त्यहाका कर्मचारी दिपक पौडेल बताउछन् ।धरान उपमहानगरपालिकाका गुरुयोजना परेका यो पार्कमा उपमहानगरपालिकाले गम्भीरता नदेखाएकै कारण विभिन्न संघ संस्था, सुकुम्बासीहरुले अतिक्रमण गरेकै कारण सप्तरंगी पार्कका जग्गासमेत ६२ विगाहाबाट खु्िम्चएर ९ विगहा भएका छ, ।
यसतर्फ धरान उपमहानगरपाकिाले कहिले ध्यान पु¥याउने ?

तपाईको प्रतिक्रिया