धरान÷मंसिरे पूर्णिमादेखि आदिवासी जनजातिहरुले उद्यौली पर्व मनाउन शुरु गरेका छन् । उद्र्याैली पर्व अन्तर्गत लिम्बुहरुल चासोक तङनाम, किरात राईहरुले साकेला, सान्केवा, किरात याख्खाहरुल चसुवा र किरात सुनुवारहरुले फोल स्यादर भनेर मनाउने गर्दछन् ।
यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उद्यौली पर्व चासोक तङ्नामको नामले बर्षेनी सामुहिक रुपमा मनाउने गरेका छन् । प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना गर्दै मनाउदै आएका उनीहरुले यस बर्ष पनि तीनदिनसम्म भव्य रुपमा मनाउदै छन् चासोकको पहिलो दिन धरान(१४ स्थित विजयपुरमा रहेको हाङ्युक्ना दरबार परिक्रमा र पूजा गर्दै चासोक तङनामको विधिवत सुरुवात गरेका छन् । लिम्बुहरुको मुख्य पूजा सकिएसंगै आजै उनीहरुल धरान ८ स्थित रहेका े त्योअङ्सी सिरिजङ्गाको धरान ८ तिनकुनेमा रहेको शालिकमा माल्यापर्ण कार्यक्रम समेत सम्पन्न गरे ।

प्रकृति पुजक मानिएको लिम्बु जातिहरुको परम्पारगत पूजासँगै हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो गीतको प्रस्तुति गरिने किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सल्लाहकार दुर्गा वनेम लिम्बुले बताइन् । उनले पहाडमा खेतका बालीमा गाउले सबै मिलेर मनाउने पर्व पछिल्लो समय हराउदै गएपछि यसलाई युवा पुस्तासम्म पु¥याउन धरानमा संस्थागत रुपमा मनाउन थालिएको बताइन ।
सामुहिक रुपमा मनाउन थालिएको चासोक तङनाममा पछिल्लो समय युवा पुस्ता पनि उत्साहित देखिन्छन् । उनीहरु आफ्नो भाषा, लिपी, संस्कृति हराउदै गएकोप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । धरान १५ का मिलन थुलुङ लिम्बुले लिम्बुहरुको सांस्कृतिक पर्व युवा पुस्ताले विर्सदै गएको बताए । उनले आफ्नो भाषा, संस्कृति, लिपीलाई जगर्ना गर्न पनि आफूहरुको सहभागिता प्रत्येक बर्ष हुदै आएको बताए ।
पछिल्लो समय लिम्बुहरु धन आर्जनका लागि विदेश पलायन हुने, गाउ घरबाट बसाई सराई गरेर सहर बजार आउने क्रमल तिब्रता पाएसंगै उनीहरुका संस्कृति हराउदै गएको लिम्बुहरुका अग्रज, युवा पुस्ता सबैलाई चिन्ताकको विषय बनेका छ । यसैले गर्दा लिम्बुहरुको संस्कृतिलाई जीवन्तता राख्न ५ बर्ष अगाडि धरान १५ मा आफ्ना भवन निर्माण गरेका छन् । भवनसंगै उनीहरुल लिम्बुहरुको पहाडी परिवेशमा सुहाउने सानो फुसको घर, उनीहरुले प्रयोग गर्ने ढिकी, जातो समेत निर्माण गरेका छन् ।
यसले पुस्तौपुस्ता लिम्बुको संस्कृति जीवन्त रहने अपेक्षा लिम्बु जातिका अग्रज, युवा, युवती सबैले राखेका छन् ।
