कोरोना पश्चात पहाडी क्षेत्रका हाटबजार सुक्दै

धरान । पहाडी क्षेत्रमा लाग्दै गएको साप्ताहिक हाट बजार कोरोनाका कारण सुक्दै गएको छ ।
तेह्रथुम जिल्लाका लाली गुरास नगरपालिकामा कोरोना कहर अगाडि साप्ताहिक रुपमा लाग्ने हाडबजारमा चहलपहल बढी हुने गर्दथ्यो । कोरोना पछि हाडबजार प्रायः सुनसान रहेको स्थानीयहरु बताउछन् ।्
लाली गुरास नगरपालिका १ का मणिकुमार सुब्बाले साप्ताहिक रुपमा लाग्ने हाडबजारमा अहिले तेह्रथुमको लालीगुरास नगरपालिकाको बसन्तपुरमा सर्वसाधारणको उपस्थिति कम हुने
गरेको बताउछन् । उनी भन्छन् ‘केही वर्षअघिसम्म तेह्रथुमको ग्रामीण क्षेत्रहरूमा हाटबजारमा सर्वसाधारणको उपस्थिति उल्लेख्य हुने गर्दथ्यो । हा बजारमाट स्थानीय उत्पादन खरिद तथा बिक्री गर्ने एक प्रमुख थलो बन्ने गथ्र्यौ । तर अहिले बजार सुनसान हुने गरेको छ ।’


लाली गुरास नगरपालिकाको बसन्तपुर तीन जिल्लाको संगम स्थल मानिन्छ । बसन्तपुरबाट धनकुटा, तेह्रथुम र संखुवासभा जाने बाटो छुटिने गर्छ । तीन जिल्लाको संगम स्थल भएकै कारण साप्ताहिक रुपमा सोमबार लाग्ने बजारमा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहन्थ्यो । हाटबजारमा स्थानीय स्तरमा उत्पादन भएका कृषि समाग्रीको समेत उल्लेख खरिद विक्री हुने गर्दथ्यो । स्थानीय स्तरमा उत्पादन भएको आलु, गोलभेडा विभिन्न सागसब्जीदेखि लिएर आसपासमा फलेका धान,मकै जस्ता अन्न समेत लिने थलोको रुपमा हाटबजारलाई लिने गरिन्थ्यो ।
तेह्रथुमको लालीगुरास नगरपालिका तत्कालीन बसन्तपुर गाविसमा हाडबजारको शुरुवात गर्ने स्वर्गीय नवराज पोख्रेल, स्व. रणबहादुर बस्नेत, खडगबहादुर बस्नेत लगायतका अग्रजहरुले शुरुमा पाक्षिक रुपमा हाट बजारको लगाउने शुरुवात गरेका थिए । आफूहरुलाई चाहिने आवश्यक सामाग्री लिन पनि १५ दिनपछि हटियाकै दिन पर्खर्नुपर्ने भएकोले यो बजारलाई आवश्यकता अनुसार साप्ताहिक रुपमा सोमबार बजार लगाउन शुरु गरिएको हो । लालीगुरास नगरपालिकाको अर्को पक्ष भनेको बार्षिक रुपमा लाग्ने राके मेला त्यसबेलाको आकर्षक केन्द्रको रुपमा रहने गर्दथ्यो । भव्यरुपमा लाग्ने यो मेला साउन २ गते लाग्ने गर्दथ्यो । दिउँसो धनकुटाको चित्रेमा लाग्ने यो मेला राती लालीगुरास नगरपालिकामा लाग्ने गर्दथ्यो । दिउसो हाडबजारमा खरिद विक्री गर्ने गरिन्थ्यो भने राति बसन्तपुरमा लिम्बु समुदायहरुले धान नाचेर रात कटाउने गर्दथे । स्थानीय सूर्य बस्नेतले अहिले राके मेला समेत नगन्न लाग्ने गरेको बताउछन् । उनी भन्छन् ‘बर्षमा लाग्ने त्यो मेला समेत हराउदै गएको नगन्य रुपमा सर्वसाधारणको उस्थिति हुने गर्छ ।’
बसन्तपुरमा लाग्ने हाट बजार कोरोनाकै कारणसर्वसाधारण कम आउन थालेको लाली गुरास नगरपालिकाका प्रमुख अर्जुन बाबु मावुहाङ बताउँछन् । उनी भन्छन्‘कोरोना असर पछिल्लो समय हाट बजारमा समेत परेको छ, कोरोना त्रासकै कारण भीडभाड कम हुने गरेको छ ।’
विगतमा साप्ताहिक हाडबजारका समयमा दैनिक ३ देखि ४ हजार सर्वसाधारणको उस्थिति रहने गरे पनि अहिले भने मुस्किलले १ हजार जना पनि हाट बजारमा नआउने गरेको मेयर मावुहाङ बताउँछन् ।

तपाईको प्रतिक्रिया