धरान÷विगत दुई बर्षदेखि विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरस कोभिड १९ को नयाँ भेरियन्ट आमिक्रोन नेपालमा पनि भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ भेरियन्टको विरामी नेपालमा समेत भेटिएको जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता समिर अधिकारीले केही समय अगाडि भारतमा भेटिएको ओमिक्रोन नेपालमा समेत पुष्टि भएको जनाएका थिए । उनले विदेशबाट मंसिर ३ गते नेपाल आएका ६६ बर्षीय र ७१ बर्षीय नागरिकमा ओमिक्रोन पुष्टि भएकोले सबैलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन समेत आग्रह गरेका थिए विदेशबाट आएका अन्य ६६ जना कन्ट्याक्ट ट्रेसिङमा रहे पनि उनीहरु सबैको रिपोर्ट नेगेटिव आएको उनले बताए । हालसम्म ओमिक्रोनका भाइरहरु विश्वमा ४१ देशमा देखा परेको र कोरोना भाइरसका अन्य भेरियन्ट भन्दा यो भाइरस आक्रामक रहेको अधिकारीले जानकारी दिए ।
